सुर्खेत – मुलुकका साता प्रदेशमध्ये कर्णाली प्रदेश प्राकृतिक विपतका हिसाबले उच्च जोखिममा रहेको बताइएको छ । आयोजित ‘विपद पूर्वतयारी एवं प्रतिकार्य योजना तालिम तथा कार्यशाला’ गोष्ठीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आपतकालीन तथा विपत् एकाइ, स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख चुडामणि भण्डारीले भूकम्पसहित अन्य प्राकृतिक विपत्मा कर्णाली उच्च जोखिम रहेको बताए ।“वैज्ञानिक खोज एवं भविष्यवाणीअनुसार कर्णालीसहित सुदूरपश्चिम प्रदेश भूकम्पको उच्च जोखिम छन्”, प्रमुख भण्डारीले भने, “यसलाई ध्यानमा राखेर तीनवटा प्रदेशको संयुक्त कार्याशला गोष्ठी कर्णालीमै राखेका हौं ।”
उनले दाङ, नेपालगञ्ज, डडेल्धुराका लागि सामग्री उपलब्ध गर्ने र स्वास्थ्यकर्मीलाई तालिम दिने बताए । सुर्खेतमा सञ्चालित चारदिने यो तालिमपश्चात यसलाई अभ्यासमा लैजाने उनको भनाइ थियो । तालिमबाट अस्पतालमा पूर्वतयारी र आपत्कालीन अवस्थामा कसरी सेवा दिने भन्ने कुराको यथेष्ट सिकाइ हुने अपेक्षा गरिएको छ ।
गोष्ठीमा सुदुरपश्चिम, कर्णाली र प्रदेश नं ५ का ५० चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता छ । उनीहरुबीच अस्पताल क्षेत्रमा आइपर्ने विपत्बाट बच्न गर्नुपर्ने पूर्वतयारी, अपनाउनुपर्ने उपाय र प्रतिकार्य योजना निर्माणका विषयमा व्यापक छलफल भइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक धर्मराज गोसाईँले जानकारी दिए ।लोकान्तर मा समचार छ l