सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

२ करोड ५० लाख धरौटी बुझाएर नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक खड्का रिहा

काठमाडौं – नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का दुई करोड ५० लाख धरौटी बुझाएर रिहा भएका छन् ।अख्यितार दुरुपयोग अनुसन्धान आयोगले सरकारी सेवामा रहँदा १८ करोड भन्दा बढी गैरकानुनी रुपमा आम्दानी गरेको भन्दै विशेष अदालतमा यही पुस २३ गते मुद्दा दायर गरेको थियो ।

मुद्दामाथि सुनुवाइ गर्दै मंगलबार विशेष अदालतले खड्कालाई नेपाल इन्भेष्टमेण्ट बैंकको जमानीमा दुई करोड ५० लाख धरौटी लिएर रिहा गरेको विशेष अदालतका रजिष्टार भीमकुमार श्रेष्ठले जानकारी दिए ।

अख्तियारको अनुसन्धाबाट खड्काले सात करोड रुपैयाँ भन्दा बढीको सम्पत्ति पारिवार बाहेकका अरु व्यक्तिको नाममा समेत राखेको खुलेको छ । मुद्दा दायर गर्ने क्रममा आयोगले खड्कासँग भएको ८९ लाख ८९ हजार रुपैयाँ अदालतमै पेश गरेको थियो ।साभार: देश संचार

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय