थाइल्याण्डको बैंककस्थित तेर्थाई मैदानमा जारी आईसीसी महिला टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटमा नेपालले मलेसियालाई हराएको छ । नेपालले मंगलबार मलेसियालाई ३४ रनले हराउँदै विजयी सुरूवात गरेको हो ।
नेपालले मलेसियालाई १ सय २७ रनको लक्ष्य दिएकोमा मलेसिया निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रनमा समेटिएको थियो ।
नेपालकी करूणा भण्डारी र सरिता मगरले २÷२ र कविता कुँवर र सीता रानामगरले १÷१ विकेट हात पारेका थिए ।