सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

ओमान र युएई शूून्य लागतमा नेपाली कामदार लैजान सकरात्मक

काठमाडौं– ओमान र युएई शूून्य लागतमा नेपाली कामदार लैजान सकरात्मक भएका छन्। शूून्य लागतसहित कामदारको सुरक्षाको ग्यारेन्टीसतिहको श्रम समझदारी गर्न नेपालले गरेको प्रस्तावमा दुवै देश सकरात्मक भएका हुन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे नेतृत्वको ५ सदस्यीय नेपाली टोलीले    ओमान तथा   युएईसँग छलफल गरेको थियो ।

दुुवै देशलाई नेपालले शूून्य लागतमा कामदार लैजानुपर्ने, भर्ना प्रक्रिया पारदर्शी बनाउन पर्ने, न्युनतम तलव सुविधाको प्रत्याभुुति गर्ने, अन्तर्राष्ट्रिय रुपमा स्थापित जिसिएम र आइएलओको मापदण्ड अनुसारको कार्यवातावरण र आवासको सुविधा दिनुपर्ने प्रस्ताव गरेको थियो ।

यस्तै ओभरटाइम, कार्यस्थल बाहेकको समयमा हुने दुर्घटनाको पनि बिमा हुुनुपर्ने, आफन्त बिरामी भएमा तथा गम्भीर घटना घटेमा विदा दिनुपर्ने, महिला कामदारको हकमा विशेष व्यवस्था गर्नु पर्ने, स्वास्थ्य जाँच र भिसा प्रक्रियामा कुनै पनि खालको सिन्डिकेट हुन नहुने जस्ता शर्त श्रम समझदारीमै उल्लेख गर्नु पर्ने नेपालले प्रस्ताव गरेको छ ।

श्रमिकलाई कुनै समस्या भए न्यायमा सहज पहुुँच हुनुु पर्ने लगायत विषय पनि श्रम समझदारीमै सुनिश्चित गर्नु पर्ने प्रस्ताव गरेको नेपाली टोलीका संयोजक सहसचिव रामप्रसाद घिमिरेले बताए ।

उनका अनुसार नेपालले उठाएका विषयमा ओमान सकारात्मक भएपनि सबै कुरा श्रम समझदारीमा उल्लेख गर्न कानुुनी अप्ठेरो रहेको बताएको छ । तर मिनिस्ट्रि अफ जस्टिससँग स्वीकृति लिएर नेपालले उठाएका कुन–कुन विषय समेट्न सकिन्छ भन्ने जानारी दिने ओमानका अधिकारीले बताएका छन्।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय