अहिलेका युवापुस्ता मेचोर हुँदै गएका छन् । तर उनीहरुमा सहनशक्ति, त्याग तथा बलिदान जस्ता कुरा कम हुँदै गएको छ । उनीहरुको यस्तो जीवनसाथीको खोजीमा हुन्छन्, जसले उनीहरुलाई सम्झिउन्, पैसा, स्टेटस जस्ता कुरा बाहेक पनि भावनात्मक सर्पोट बढी होस् ।
यी कारकबाहेक पनि अन्य थुप्रै व्यक्तिगत कारण पनि हुन्छ, जसले गर्दा ढिलो विवाह हुने गर्छ । त्यसबाहेक, अभिभावकको सोचमा आएको परिवर्तनका कारण आजकल युवापुस्ताको विवाह ढिला हुन थालेको छ ।
त्यतिमात्र हैन, आजकलका अभिभावकले युवापुस्तालाई विश्वास पनि धेरै नै गर्छन् । त्यसैले, उनीहरुले आफ्नो बच्चालाई धेरै दवाव दिदैनन् । बरु पढाई नसकिएसम्म र करियर नबनाएसम्म विवाह नगर्न सुझाव दिन्छन् ।
अझ भनौ आजकलका अभिभावक आˆनो बच्चाको खुशीका लागि समाजसित लड्न पनि तयार हुन्छन् । उनीहरु कुनै पनि हालतमा समाजसित झुक्न चाहँदैनन् । उनीहरुका लागि आˆना छोराछोरीको खुशी नै सर्वोपरी हुन्छ । उनीहरुलाई आˆनो छोराछोरीको भविष्यलाई लिएर चिन्ता अवश्य हुन्छ । उनीहरु आफू छँदै ‘छोराछोरीले विवाह गरुन्’ भन्ने पनि चाहना राख्छन् । तर, फेरी, बच्चाको खुशीको अगाडी उनीहरुको चिन्ता बेकार हुन पुग्छ । र, उनीहरु यसको अन्तिम निर्णय बच्चाहरु माथि नै छोडिदिन्छन् ।
समाजशात्रीहरुका अनुसार आजकलका युवायुवती पढेलेखेका छन् । उनीहरु शिक्षित हुँदै गएका छन् । र, शिक्षाकै करणउनीहरुको मात्र नभएर सम्पूर्ण समाजकै सोच नै बदलिन थालेको छ । मानिसहरुमा आत्मविश्वास जाग्न थालेको छ । उनीहरु आत्मनिर्भर हुन थालेका छन् ।
जसले गर्दा अहिलेका पिढीलाई विवाह गर्नु भन्दा आˆनो करियरमा फोकस गर्नु बढी आवश्यक लाग्न थालेको छ । कयौ महिलाले आˆनो परिवारलाई आर्थिक सहयोग समेत गर्दै आएका छन् । जसले गर्दा उनीहरुका लागि विवाह भन्ने कुरा कम महत्वपूर्ण हुँदै गएको छ ।
त्यतिमात्र हैन, समाजमा हुने बेमेल विवाहले पनि कयौ महिलाहरुको सोच परिवर्तित गरेको छ । जसले गर्दा उनीहरु विवाह गर्नुभन्दा एक्लो जीवन बाँच्नमै खुशी महसुस गर्न थालेका छन् ।
त्यसबाहेक, ‘चट मगनी, पट विवाह’ मा आजकलका युवापुस्ताले विश्वास पनि गर्दैनन् । हरेक दिन बढीरहेको डिर्भोसको घटनाका कारण पनि उनीहरुले आˆनो सोच बदल्न बाध्य भएका छन् ।त्यस्तै, एकल परिवार, कमिटमेन्टको भय, पाश्चात्य जीवनशैलीको प्रभावका कारण पनि आजकलका युवापुस्तामा ढिलो विवाहको होड बढ्दो क्रममा छ ।