एजेन्सी – संसारभर मासु खाने प्रवृत्ति हेर्दा त्यो सम्पत्तिसँग प्रत्यक्ष जोडिएको देखिन्छ।सन् २०१३ मा अमेरिका र अष्ट्रेलिया सबभन्दा धेरै मासु खाने राष्ट्रहरू थिए।
उनीहरूसँगै न्यूजील्याण्ड र अर्जेन्टिना थिए। त्यहाँ प्रतिव्यक्ति प्रतिवर्ष मासु खपत १०० किलोभन्दा बढी थियो। यति मासु भनेको पचासवटा कुखुरा वा आधा गाई बराबर हुन्छ।
मासुको उच्च खपत पश्चिमा मुलुकहरूमा प्रष्ट देखिन्छ। पश्चिम युरोपेली मुलुकहरूमा प्रतिव्यक्ति खपत ८० देखि ९० किलो प्रतिवर्ष छ। संसारका गरिब मुलुकहरूले असाध्यै कम मासु खान्छन्।
इथियोपियामा प्रतिव्यक्ति खपत सात किलो प्रतिवर्ष छ, रवाण्डामा आठ किलो, नाइजेरियामा नौ किलो छ जुन युरोपेली मुलुकको खपतको तुलनामा दश गुणासम्म कम हो।
न्यून आय भएका मुलुकहरूमा मासु अहिले पनि विलासिता हो।धनी मुलुकहरूले असाध्यै धेरै मासु खान्छन् र कम आय भएका मुलुकले कम। पचास वर्षदेखि यस्तै देखिएको छ।