अक्सिजनको कमीले श्वास नलीमा अवरोध हुन गई सुत्ने बेलामा आवाज निस्कने गर्छ । त्यसलाई स्लिप एप्निया अथवा घुर्ने समस्या भन्ने गरिन्छ । घुर्ने समस्या भएका व्यक्तिका कारण घरपरिवार तथा छरछिमेकमा निकै तनाव हुने गर्छ।
घुुर्ने मानिस आफन्तबाटै टाढिनुपर्ने अवस्था सिर्जना हुन्छ । आफ्नै परिवारका सदस्य पनि सँगै सुत्न नमान्ने, छिमेकीले समेत ‘डिस्टर्ब’ भयो भन्दै झै–झगडा गर्ने र बोलीचाली नै बन्द हुने,साथीभाइले गिज्याउने जस्ता समस्या झेल्नुपर्ने हुन्छ । घुर्ने समस्याका कारण विशेष गरी विदेशमा रहेकाश्रीमान्–श्रीमतीबीच त सम्बन्ध बिच्छेदसमेत हुने गरेका छन्।
के हो घुर्ने समस्या ?
९० प्रतिशत मानिसमा नाकको डाडी बांगो हुन गई घुर्नेसमस्या देखिन्छ । कुनै मानिसमा अकरु नै कारणले श्वासप्रश्वासमा अवरोध भई घुर्ने समस्या आउँछ । यो समस्याले बच्चादेखि वृद्धसम्मलाई दुःख दिने गर्दछ।साभार : स्वास्थ्य खबर