एजेन्सी – अमेरिकामा हिमपात जारी रहेको छ । पोलर भोर्टेक्स (चिसो हावा) का कारण केही इलाकामा तापक्रममा भारी गिरावट देखियो छ । चिसोका कारण विभिन्न इलाकामा अहिलेसम्म २९ को मृत्यु भइसकेको छ । त्यहाँको मौसम विभागका अनुसार यहाँ चाडै नै मौसममा निकै परिवर्तन आउने सम्भावना छ । केही हप्तापछि नै तापक्रम निकै वृद्धि हुने मौसम विभागले अनुमान गरेको छ । केही इलाकामा तापक्रम २६ डिग्रीसम्म पुग्न सक्छ । त्यसकारण यहाँ बाढीको पनि सम्भावना रहेको बताइएको छ l