सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

फिनल्यान्डको शिक्षा प्रणाली संसारकै उत्कृष्ट

एजेन्सी – फिनल्यान्डमा निजी विद्यालय छैनन् । निश्चित परीक्षा लिइँदैन । कुनै तनाव छैन । संसारकै उत्कृष्ट शिक्षा प्रणाली भएको देशमा फिनल्यान्ड निरन्तर रूपमा शीर्ष स्थानमा पर्न सफल छ ।

– फिनल्यान्डका बौद्धिक एवं शैक्षिक सुधारकले त्यहाँको शिक्षा प्रणालीमा पूर्ण रूपमा क्रान्तिकारी परिवर्तन ल्याएका छन् ।

– फिनिसको शिक्षा प्रणालीले घोकन्ते विद्या र निश्चित परीक्षालाई प्रोत्साहन गर्दैन

– फिनल्यान्डको समग्र शिक्षा प्रणालीले उत्कृष्टताभन्दा समानतामा जोड दिन्छ ।

जब औद्योगिक देशका विद्यार्थीको गणित र विज्ञानको क्षमताबारे वर्गीकरण हुन्छ तब अमेरिकी विद्यार्थी पटक–पटक उक्त सूचीको बीचतिर वा पुछारमा पर्ने गर्छन् । ‘द प्रोग्राम फर इन्टरनेसनल स्टुडेन्ड एसेसमेन्ट (पीआईएसए) ले ‘अर्गनाइजेसन फर इकोनोमिक को–ओपरेसन एन्ड डिभलपमेन्ट (ओईसीडी) सँगको सहकार्यमा नियमित रूपमा डाटा प्रकाशन गर्छ । यो डाटाले विभिन्न शैक्षिक प्रदर्शन मूल्याङ्कनमा अमेरिका पटक–पटक पछि पर्ने गरेको बताउँछ ।

शैक्षिक क्षेत्रमा परिवर्तन गर्नुपर्ने आह्वान र अन्तर्राष्ट्रिय स्तरमा निरन्तरको फिक्का प्रदर्शनपश्चात् पनि अमेरिकाले यसको सुधारमा कुनै ठोस कदम उठाएको छैन । पुराना समाजमा जुन तौरतरिका अपनाइएका थिए, त्यसलाई अहिलेसम्म पनि निरन्तरता दिइँदै छ । अमेरिकाजस्तो शक्तिशाली र विकसित देशमा त शिक्षा प्रणालीको यस्तो स्थिति छ भने नेपालजस्तो विकासशील देशको स्थिति कस्तो छ, त्यो तपाईं हामीले भोग्दै आएका छौं ।

नेपालमा घोकन्ते विद्यालाई प्रोत्साहन दिइन्छ । जसले पढाएको कुरा फरर भन्न र लेख्न सक्छ, उनीहरू राम्रा विद्यार्थी कहलाइन्छन्, कक्षामा प्रथम पनि उनीहरू नै हुन्छन् । यहाँ निजी विद्यालयको हालिमुहाली छ । सरकारी विद्यालयको स्तर दिनानुदिन घट्दो छ । समग्रमा भन्ने हो भने नेपालको शिक्षा प्रणालीमा अत्यधिक सुधारको खाँचो छ ।

सन् १९८० देखि फिनिस शिक्षाविद्ले यी मूलभूत कुरालाई प्राथमिकता दिएः

– समाजमा विद्यमान असमानतालाई चिर्न शिक्षा एक हतियार हुनुपर्छ ।

– सबै विद्यार्थीका लागि विद्यालयमा निःशुल्क खाजाको व्यवस्था छ,

– स्वास्थ्योपचारमा सहज पहुँच

– मनोवैज्ञानिक परामर्श

– व्यक्तिगत मार्गनिर्देशन

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय