सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

भारतको बिहारमा रेल दुर्घटना ७ जनाकाे मृत्यु

एजेन्सी– भारतको  बिहारमा भएकाे रेल दुर्घटनामा ७ जनाकाे मृत्यु भएको छ। जोगबनीबाट आनन्द बिहार जाँदै गरेको सीमाञ्चल एक्सप्रेसको ११ कोचको रेल लिकबाट झरेर दुर्घटना भएको हाे ।

दुर्घटना बैशाली जिल्लाकाे हाजीपुर-बछवाड़ा रेलखण्डकाे महनार र सहदोई स्टेशनबीच भएको भारतीयसञ्चारमाध्यमहरुले जनाएका छन् ।दुर्घटना परी ३२ जना घाइते समेत भएका छन् ।

पूर्व मध्य रेलवेका प्रवक्ता राजेश कुमारका अनुसार दुर्घटनामा ७ जनाको मृत्यु भएको र धेरै यात्रु घाइते भएका छन् । कतिपय यात्रुहरु डिब्बामै फसेका छन्। उनीहरुको उद्धारकार्य जारी छ।घटनास्थलमा सुरक्षाकर्मी, उद्धारकर्मी र स्वास्थ्यकर्मीको टोली खटिएको छ। साथै रेलवेका उच्च अधिकारीहरु पनि घटनास्थल पुगेका छन्। रेल दुर्घटनाको कारण भने खुलेको छैन। प्रधानमन्त्री नरेन्द्र माेदीले टि्वटर मार्फत दुःख ब्यक्त गरेका छन्।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय