काठमाडाैं – संसारभर महिलाहरूको औसत आयु पुरुषहरूभन्दा लामो छ।विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१६ मा जन्मिने मानिसहरू ७२ वर्षको औसत आयु लिएर जन्मिएका थिए।यो तथ्याङ्क लिङ्गका आधारमा औसत आयु छुट्टाउँदा भने महिलाको ७४ वर्ष दुई महिना र पुरुषको ६९ वर्ष आठ महिना थियो।
सन् २०१० को अमेरिकी जनगणनामा अमेरिकाका एक सय वर्षभन्दा माथि उमेरका ५३,३६४ जना थिए। उनीहरूमध्ये ९,१६२ जना पुरुष र ४४,२०२ जना महिला थिए।
किन पुरुषभन्दा महिला बढी बाँच्छन् त? उनीहरूलाई केले पुरूषभन्दा लामो जिउन सहयोग गर्छ?
प्रमुख तीन कारण यस्ता छन्:
१. जीन
मानव मृत्युदरका बारेमा ४० देशका तथ्याङ्क उपलब्ध छन्। ती मध्ये स्वीडेन र फ्रान्सका क्रमश: सन् १७५१ र १८१६ देखिका तथ्याङ्क छन्।तर जापान र रुसमा बीसौं शताब्दीको मध्यबाटको तथ्याङ्क मात्रै उपलब्ध छ।
भ्रूणहरू
युनिभर्सिटी कलेज लण्डनका प्राध्यापक डेभिठ जेम्स भन्छन्, “पुरुष भ्रूणहरू महिला भ्रूणभन्दा बढी खेर जान्छन्।”यसको एउटा कारण चाहिँ लिङ्ग निर्धारण गर्ने क्रोमोजोमका कारण हुनसक्छ।महिलाहरूमा दुई एक्स तथा पुरुषहरूमा एक्स र वाई क्रोमोजोम हुन्छन्।क्रोमोजोमा जीन हुन्छ। एक्स क्रोमोजोममा आयु लामो बनाउने धेरै नै क्रोमोजोम हुन्छ।
२. हर्मोन
किशोरावस्थामा किशोर किशोरीहरूमा हर्मोन परिवर्तन हुन्छ।
धोक्रो आवाज र छातीमा रौंजस्ता पुरुषजन्य विशेषताका लागि टेस्टस्टोरोन नामक हर्मोन जिम्मेवार हुन्छ।किशोरावस्थाको अन्तिमतिर पुरुषहरूमा ह्वात्तै टेस्टस्टोरोन बढ्छ। यही समय पुरुषहरूको मृत्युदर पनि बढ्छ।विज्ञहरूका अनुसार पुरुषहरूले झगडा, तीव्रगतिमा सवारी हाँक्नेजस्ता जोखिमपूर्ण कामहरू र आत्महत्या पनि धेरै गर्छन्।साभार :बिबिसी नेपाली