सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

विश्वभर नै एक तिहाईभन्दा बढीले आत्महत्याका घटनामा कमी:विश्व स्वास्थ्य संगठन

एजेन्सी– सन् १९९० यता विश्वभर नै एक तिहाईभन्दा बढीले आत्महत्याका घटनामा कमी आएको एक अध्ययनले देखाएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा आत्महत्या गर्ने महिला र पुरुषको संख्यामा निकै ठूलो भिन्नता रहेको उल्लेख छ ।

विश्वको स्वास्थ्य स्थितिका बारेमा अध्ययन, अनुसन्धान र कार्यक्रम सञ्चालन गर्ने डब्लुएचओले आत्महत्यालाई गम्भीर जनस्वास्थ्य समस्याका रुपमा सूचीकृत गरेको छ । डब्लुएचओका अनुसार हरेक वर्ष कम्तीमा आठ लाख मानिसको मृत्यु आत्महत्याबाट हुने गरेको छ ।

बिएमजे जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा सन् २०१६ मा विश्वभर करिब ८ लाख १७ हजारले आत्महत्या गरेको उल्लेख छ । सन् १९९० को तुलनामा यो ६ दशमलब ७ प्रतिशतको वृद्धि हो ।

तर, विगत तीन दशकमा जनसंख्यामा भएको तीव्र वृद्धिसँगै उमेर र जनसंख्या आकारका दृष्टिबाट आत्महत्याको दरमा प्रति एक लाख मृत्यु १६.६ प्रतिशतबाट घटेर ११.२ प्रतिशत भएको छ । जनसख्या वृद्धि र मृत्यु अनुपातको तथ्यांक विश्लेषण गर्दा आत्महत्याको दरमा करिब ३२ दशमलब ७ प्रतिशत कमी भएको छ ।

महिलाको तुलनामा पुरुषहरुले आत्महत्या गर्ने प्रवृत्ति बढी देखिएको छ । विश्वभर आत्महत्याका कारण हुने प्रति एक लाख मृत्युमध्ये पुरुषको अनुपात १५.६ रहेको छ भने महिलाको अनुपात ७ रहेको छ ।

डब्लुएचओले सन् २०२० सम्ममा विश्वभर आत्महत्याका कारण हुने मृत्युलाई १० प्रतिशतमा ल्याउने लक्ष्य राखेको छ ।



Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय