एजेन्सी- सामसुङले ग्यालेक्सी एस १० फेब्रुअरी महिनाभित्र सार्वजनिक गर्ने जनाएको छ।सामसुङले ग्यालेक्सी एस १० भर्सनका एक १० प्लस र एस १० लाइट पनि सार्वजनिक गर्नेछ। यस फोन फोल्ड गर्न मिल्ने नमिल्ने दुवैमा पाइनेछ।
फोनमा वाइरलेस इयर बड्स इयर फोन प्रदान गरिने छ। जुन चार्ज गर्न मिल्छ।वाइफाइ ६ लाई सपोर्ट गर्ने सुविधा यस फोनमा हुनेछ। त्रिपल क्यामेरा फोर जी तथा फाइभ जी नेटवर्कलाई मिल्ने फोन उपलब्ध हुनेछन्।
डिस्प्ले स्तरीय हुनेछन्। फोनको साइज तथा क्षमता हेरेर यसको मूल्य तोकिएको हुनेछ। ६ सय ९९ पाउण्डदेखि १३ सय पाउण्ड सम्मको मूल्यमा एक १० भर्सनका सामसुङ ग्यालेक्सी खरिद गर्न सकिनेछ।