सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

सिन्धुलीमा जिप दुर्घटना:पाँचजनाको मृत्यु , ८ जना घाइते

सिन्धुली – सिन्धुलीको फिक्कलमा जिप दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको छ । बिहीबार बिहान १० बजेतिर भएको दुर्घटनामा अरु ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

फिक्कल गाउँपालिका–२ चण्डीभञ्ज्याङमा बा १५ च ९४२२ नम्बरको जिप दुर्घटनामा परेको हो । १३ जना सवार जिप सदरमुकाम सिन्धुलीमाढीका लागि छुटेको थियो । जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

यात्रु चढ्ने क्रममा गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । चारजनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा ज्यान गएको हो ।

ज्यान गुमाउनेमा फिक्कल–२ की ५५–५६ वर्षकी तिलमाया बिक, अन्दाजी ६० वर्षका कुनमान तामाङ तथा अन्दाजी ४५ वर्षकी लक्ष्मी बिक, फिक्कल–३ की अन्दाजी ३५ वर्षकी शान्तिमाया श्रेष्ठ र अन्दाजी २५ वर्षकी अनिशा महतको ज्यान गएको हो ।

अनिशाको उपचारको क्रममा ज्यान गएको सिन्धुली प्रहरीका प्रवक्ता डिएसपी लोकदर्शन थापाले जानकारी दिए । गम्भीर घाइते भएका तीनजनाको धुलिखेलमा उपचार भएको छ । अरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय