एजेन्सी- एडिस अबाबा नजिक इथोपियन एअरलाइन्सको विमान बोइङ ७३७ दुर्घटनाग्रस्त हुँदा विमानमा सवार १५७को
मृत्यु भएकोछ। केन्याको नैरबी जाँदै गरेको फ्लाइट इटी३०२ मा सवार १४९ यात्रीसहित ८ जना चालक दलका सदस्यको मृत्यु भएको इथोपियन एयरलाइन्सले जनाएको छ। विमानमा ३३ देशका नागरिकहरू पनि सवार रहेको पनि कम्पनीले जनाएको छ। आइतबार बिहान बोइङ ७३७-८०० इथोपियाको राजधानी एडिस अबाबाको स्थानीय समय ८.३८ मा नैरोबीबाट उडान भएको थियो। बोल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेलगत्तै कन्ट्रोल रुमसँग विमानको सम्पर्क टुटेको एयरलाइन्स कम्पनीले यसअघि जारी विज्ञप्तिमा उल्लेख गरेको थियो।
विमान उडान भरेको ६ मिनेट पछि अर्थात् ८.४४ बजे दुर्घटनाग्रस्त भएको थियो। ६ महिनाअघि मात्रै एयरलाइन्सले भित्र्याएको बोइङ ७३७ ले अहिलेसम्म जम्मा ८ वटा उडान भरेको जनाइएको छ। दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन l