सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

कोरियाले अब नेपालमै खोल्दै छ गाडी बनाउने कम्पनि

लगानी बोर्डले नेपालमै चार पाङ्ग्रे सवारी साधन एसेम्बलिङ गर्ने युनिट राख्ने प्रस्तावलाई स्वीकार गरेको छ।

कोरियाको एक कम्पनीले १० अर्ब ५४ करोडमा यस्तो कम्पनी स्थापना गर्ने प्रस्ताव लगानी बोर्डमा पठाएको थियो। ‘यो कोरियन डेभलपर हो’, बैठकपछि बोर्डका  सिईओ महाप्रसाद अधिकारीले भने, ‘उसले चार पाङ्ग्रे भेइकल एसेम्बलिङ प्लान्ट निर्माण गर्न प्रस्ताव गरेको थियो।’

बोर्डले आज बसेको बैठकले उक्त कम्पनीको लगानी स्वीकृती दिएको हो। कोरियाली कम्पनी मोट्रेक्सले बार्षिक २० हजार गाडी उत्पादन गर्ने प्रस्ताव लगानी बोर्डमा पठाएको थियो। कार, जीप लगायतका ५० हजार गाडी उत्पादन गर्न सक्ने क्षमताको युनिट नेपालमा राख्न उक्त कम्पनीले प्रस्ताव गरेको थियो।
उक्त कम्पनीले बुटवलमा कार प्लान्ट उत्पादनको युनिट राख्ने प्रस्ताव गरेको छ।

यसैबीच बोर्डले लगानी सम्मेलनमा सहभागि हुन चार सय विदेशी आउने टुङ्गो भएको जनाएको छ। सरकारले आउँदो चैत १५ र १६ गते राजधानीमा लगानी सम्मेलन आयोजना गरेको छ।

बैठकले लगानी सम्मेलनमा ४५ वटा प्रोजेक्ट बोर्डको तर्फबाट प्रस्तुत गर्ने निर्णय गरेको छ। त्यस्तै निजी क्षेत्रबाट १७ वटा प्रोजेक्ट प्रस्तुत गर्ने जनाएको छ।

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय