सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

जो कोरियाको लाख छोडेर नेपालको पर्यटकिय प्रबर्धनमा लागे ( हेर्नुहोस तपाईलाई प्रेरणाको स्रोत बन्न सक्छ )

कोरिया जाने अवसर त्यागेर एक युवाले  काठमाण्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि लिंक एशिया टुर्स कम्पनी लिमिटेड खोलेका छन् । ६ वर्ष अघि देखि कोरियाको सुवनबाट ट्राभल र टुर्सको सेवा दिइरहेको लिंक एशिया टुर्स कम्पनीको साखा खोलेर कोरिया रिटर्नी नेत्र पौडेलले विदेशको मोह त्यागेका हुन् । बिहिवार सिनामंगलस्थित पार्टी प्यालेसमा साखाको औपचारिक उद्घाटन गरिएको थियो । उद्घाटनमा नेपाल राष्ट्र बैंकका निर्देशक गुरु प्रसाद पौडेल, सिटिजन्स बैंकका उप कार्यकारी प्रमूख बोधराज देवकोटा, नेपाल कोरिया टुर्स एण्ड ट्रेकिङ एसोसिएका महासचिव अर्जुन पौडेल, कोरियास्थित कम्पनीका व्यावस्थापकिय निर्देशक आर पी देवकोटा, नेपाल पत्रकार महासंघ कोरियाका निर्वतमान अध्यक्ष खेम कार्की लगायतले साखाको समुद्घाटन गरेका हुन् ।

समुद्घाटनमा बोल्दै पौडेलले विदेशको मोह त्यागेर नेपाल पर्यटन वर्ष २ हजार २०लाई टेवा पु¥याउने लक्ष्य सहित कम्पनी खोलेकोमा शुभकामना दिएका छन् । उनले विदेशबाट फर्केकालाई राष्ट्र बैंकले १० लाख सम्मको कर्जा सहुलियतमा अन्य बैंकसँग समवन्य गरेको बताए ।उनले विदेशबाट सिकेको शिप र लगानी स्वदेशमा खर्चन पनि रिटर्नीलाई आग्रह गरे । त्यस्तै व्यावस्थापकिय निर्देशक आर पी देवकोटाले नेपालबाट पनि सेवा दिन पाउदाँ खुसी लागेको र कोरियामा रहेका तथा नेपालमा रहेका रिटर्नीको सहयोगले अन्य क्षेत्रमा पनि लगानी बढाउन हौसला मिल्ने बताए ।

 टुर्स कम्पनीका नेपाल साखाका व्यावस्थापक नेत्र पौडेलले स्वदेशमै केहि गर्नुपर्छ भन्ने मनसायका साथ काम शुरु गर्न लागेको र सहयोग गर्न सबैलाई आह्वान गरे । पौडेलसँग कोरियामा रहँदा कम्पनीको कामको अलवा गैरआवासिय नेपाली संघ एनआरएनए कोरियाको कार्यबाहक महासचिब, नेपाल पत्रकार महासंघ कोरिया लगायत विभिन्न संघसंस्थामा रहेर काम गरेको अनुभव छ । टुर्स कम्पनीले पर्यटन वर्षलाई लक्षित गरेर नेपालमा धेरै भन्दा धेरै कोरियन पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । टुर्सले हवाई टिकट, ट्राभल र टुर्सको सेवा दिदै आएको छ । उद्घाटनमा कोरियाबाट फर्केका नेपालीको पनि बाक्लो उपस्थिति रहेको थियो । जसमा अधिंकाश कोरियाको शिप, कमाई र ज्ञानलाई उपयोग गरेर स्वदेशमा आफ्नै उद्यम खोलेका थिए ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय