एजेन्सी – सिंगापुरको नागरिक उड्डयन एजेन्सीले आफ्नो देशको आकाशमा बोइङ ७३७ म्याक्सको उडानलाई निषेध गरेको छ। साथै चीनले उक्त बिमान लाइ प्रतिबन्ध लगाएको छ lछ महिनाको अवधिभित्रै ७३७ म्याक्स मोडेलका दुईवटा विमान उड्नासाथ दुर्घटना भएपछि सिंगापुरले उक्त कदम चालेको जनाएको छ।यसै साता इथियोपियन एयरलाइन्सको ७३७ म्याक्स जहाज इथियोपियाको राजधानी आदिस अबाबाबाट उडेको केही मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो।
उक्त दुर्घटनाबाट सबै १५७ जना यात्रु र चालक दलका सदस्यहरुको मृत्यु भएको थियो। इन्डोनेसियाको लायन एयरले सञ्चालन गरेको यही मोडेलको विमान गत वर्ष अक्टोबरमा उड्नासाथ इन्डोनेसियाको जाभा द्वीपमा खसेको थियो। उक्त विमानमा सवार सबै १८९ जना यात्रु र चालक दलका सदस्यहरुको घटनास्थलमै मृत्यु भएको थियो। सिंगापुर नागरिक उड्डयन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा सिंगापुरको आकाशमा बोइङ ७३७ म्याक्स मोडेलका विमानहरुमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएको जनाइएको छ।