सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

भारत–पाकिस्तान सीमामा भएको आक्रमणमा तीन वर्षमा चार सय सैनिकको मृत्यु

एजेन्सी–भारत–पाकिस्तान सीमामा भएको आक्रमण तथा आतंककारी हमलामा परी पछिल्ला तीन वर्षमा अर्धसैनिक बलका करीब ४०० जवानको मृत्यु भएको छ ।
केन्द्रीय गृह मन्त्रालयका एक अधिकारीका अनुसार सबैभन्दा धेरै सीमा सुरक्षा बलका जनावको मृत्यु भएको छ ।

पाकिस्तान र बंगलादेशको सीमामा सुरक्षा गर्ने सीमा सुरक्षा बलका १६७ जना सैनिकको मृत्यु भएको छ । २०१५ देखि २०१७ को बीचमा अधिकांश जवानहरुको आतंककारीको आक्रमणमा मृत्यु भएको छ ।

रिपोर्टका अनुसार पछिल्लो तीन वर्षमा सशस्त्र सीमा बलका ४८ जना शहीद भएका छन् । एसएसबी भारत–भुटान र भारत–नेपाल सीमाको रक्षाका लागि रहेका छन् । योसँगै भारत र चीनको सीमामा तैनाथ भारत, तिब्बत सीमा प्रहरीका ४० जवानको मृत्यु भएको छ । भारत र म्यान्मार सीमामा तैनाथ असम राइफल्सका ३५ जवान तीन वर्षमा शहीद भएका छन् । फरक धार

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय