रमेश रोकाहा , स्यांग्जा
२ दशक जनप्रतिनिधि बिहिन बनेका स्थानिय स्तरमा अपेक्षित बिकास हुन नसकेको सत्य मनासिब रहेको आभास भैरहेको र स्थानिय तहको निर्वाचन सम्पन्न भएपश्चात् हरेक स्थानिय स्तरको बिकासले गतिशीलता लिने उच्च अपेक्षा हरेक नागरिकहरुले राखेकै हो । यसरिनै अर्जुनचौपारी गाउपालिकामा स्थानिय सरकार गठन भएपश्चात् कम्तिमा १ बर्षभित्र जनताका आधारभुत आवश्यकताको सम्बोधन हुनेगरी र १ बर्सपश्चात् दिर्घकालिन तथा दिगो बिकासका गुरुयोजनाको साथ गाउपालिका प्रगतिशील र बिकासबादी सोचमा अडिग रहदै गाउपालिकाको मुहार फेर्नका लागि कुनै कसर बाकी नराख्ने हिजोका उम्मेदवारका प्रतिबद्धता र आज सम्मको बिकासको प्रगती समिक्षालाई हेर्दा गाउपालिकाका जनतामा निकै नैराश्यता छाएको देखिन्छ ।
यसरी अर्जुनचौपारिमा अपेक्षित बिकास हुन नसकेको महसुस भइ गाउपालिकाका सबै वार्डका युवा समेटी एक प्रारम्भिक युवा भेला आयोजना गरि उक्त भेलामा यस गाउपालिकामा आवश्यक बिकास, सम्पादन भैसकेका नीति तथा कार्यक्रमले सृजना गरेको प्रभाबकारिताको वास्तविक अवस्था, अपेक्षित बिकास नहुनुका कारण, जनप्रतिनिधिहरु रुमल्लिनुका कारण, गाउपालिकाको समग्र राजनैतिक अवस्था, युवा लक्षित योजनाको कन्जुस्याइँका कारण लगायतका बिसयमा छलफल भएको छ ।
उक्त भेलामा वार्ड १ बाट भिम बहादुर रोका, वार्ड २ बाट छबिलाल रोका, वार्ड ३ सिरिन्डाडाका युवा अगुवा गणेश प्रसाद पौडेल(बहुरुपि), नवीन पौडेल, वार्ड ४ बाट सुमित चापागाईं, वार्ड ६ दरौबाट नरेश रोकाहा, रमेश रोका, सन्तोष रोका, सुरेश रोका, पंकज बिक, वार्ड १ अर्जुनचौपारिबाट नवीन पौडेल, कृष्ण देबकोटा, वार्ड ५ बाट टंक प्रसाद खनाल लगायतका युवाहरुले आआफ्नो वार्डसम्बद्ध समसामयिक बिसयमा जानकारी प्रस्तुत गर्नुभएको थियो ।
“बिकास भएन भनेर भन्दैगर्दा बिकासमा गतिविधि नभएकै हुन् भन्ने हाम्रो ठम्म्याइ होइन तर अपेक्षित रुपमा बिकास हुन नसक्नु, चालू आर्थिक बर्षको चैत्र मसान्तसम्मपनि अति न्यून बिनियोजित बजेट रकम खर्च हुनु, एकीकृत बिकासका मोडलको बिकास गर्न नसक्नु, सार्वजनिक सुनुवाइका कार्यक्रम प्रभाबकारी रुपमा संचालन नहुनु, सिङ्गो गाउपालिकामा एउटापनी एम्बुलेन्स नहुनु, भैसकेका र सम्पन्न हुने क्रममा रहेका कार्यक्रमहरु समेत जनतामाझ पुर्याउन नसक्नुजस्ता कारणले हामी युवाहरु तत्सम्बन्धी आवश्यक तथ्यांक गाउपालिकासङ्ग माग गरि विविध बिसयमा अध्यन र विश्लेषण गरि आआफ्नो तहबाट सो सम्बन्धमा जानकार रहने प्रयत्न गरेका छौँ । अर्जुनचौपारी केन्द्र लगायत सबैजसो वार्डमा सम्पन्न भैसकेका केही बिकास योजनाहरु समेत नियमसङ्गत र पारदर्शी नदेखिएको र केही बोलवाला बर्गको इसारामा स्थानिय सरकार रुमल्लिएको भान भएकोले यस्ता बिकृतीमाथी खबरदारी गर्न र सरोकारवाला निकायहरुलाइ सुसूचित गराउने उदेश्यका साथ भेला सम्पन्न भएको छ “, भेलामा सहभागी युवा अगुवा गणेश पौडेले भन्नुभयो ।
“अर्जुनचौपारी गाउपालिकाले आफ्ना कार्यगत ब्यबहारिक कमजोरिहरुको समिक्षा गरि गाउपालिकाको गुरुयोजना बनाउनका लागि सहकार्य गर्न इच्छुक रहेको अवस्थामा विभिन्न क्षेत्रमा रहेका बिद्दतबर्ग तथा बिज्ञहरुलाइ समेटी गुरुयोजना तयार गरि निशुल्क रुपमा गाउपालिकालाई पेश गर्ने जिम्मेवारी लिन तयार रहेको तर जनप्रतिनिधिहरु गाउपालिकामा देखिएका बेतिथी तथा गतिहिनताकाको बारेमा केन्द्रीत रहेर कार्ययोजना सहित सङ्गठित रुपमा युवा सङ्गठन बिस्तार गरि युवा सचेतना कार्यक्रम गर्ने योजनामा रहेको युवा समुहलाइ कुनै युवा लक्षित शिर्षकमा बजेट बिनियोजन गरेर युवाहरुलाइ मक्ख बनाउने र बेतिथिहरुलाइ समर्थन गर्ने वातावरण बनाउन सकिन्छ भन्ने भ्रममा नपर्नुनै उचित हुन्छ”अर्का युवा रमेश रोकाले भन्नुभयो।
गाउपालिकामा भैरहेको विविध बिसयसम्बद्ध नीति, योजना तथा कार्यक्रम अध्यन गरि सरोकारवाला निकायहरुसङ्ग छलफल गर्दा गाउपालिका तत्सम्बन्धी बिसयमा पारदर्शी रहेको पाइएमा आगामी नीति तथा कार्यक्रमहरुलाइ सम्पन्न गर्न युवाहरुले जस्तोसुकै भुमिका निर्वाह गर्न तयार रहेको र सत्यतथ्यगत रुपमा अध्यन गर्दा गाउपालिका पारदर्शितामा चुकेको पाइएमा त्यस्ता कर्तुतको पर्दाफास गर्न समेत युवाहरु पुर्ण रुपमा तत्पर रहेको कुरा सहभागी युवाहरुले प्रकट गर्नुभएको थियो ।
भेलाले तपशिल बमोजिमको प्रस्ताव र निर्णयहरु गरेको छ ।