सनातन साहित्य सङ्गीत साधना समूह “पाँच-स” दक्षिण कोरियाले यहीँ २४ तारिखमा होली पर्व मनाँउने भएको छ। रंगहरुको पर्व होली बिशेष गरी नेपाल, भारत, बंगलादेश, पाकिस्तान, साउथ अफ्रिका, मलेसिया, युके, युस तथा जहाँ – जहाँ नेपालीहरु रहनु भएको छ त्यहाँ-त्यहाँ बिशेष उल्लासका साथ मनाउने गरेको पाइन्छ।
यस वर्षको होली नेपालमा- नेपालको पुर्वी पहाडी भागमा २० तारिक मनाएका छन् भने तराईमा २१ तारिक परेको छ। तर, कोरियामा भने जुनसुकै नेपाली पर्वहरु मनाउनको लागि बिदाको समय र मौसम हेर्नु पर्ने भएकोले यो वर्षको होली “पाँच- स” ले २४ तारिखमा मनाउन गइरहेको छ। गत वर्ष पनि यो संस्थाले कोरियामा होली विशेष कार्यक्रम निकै नै उत्साहजनक सहभागीताका साथ मनाएको थियो। स्मरण रहोस्, यो वर्ष पनि सोही स्थानमा नै कार्यक्रमको आयोजना गरेको छ। आफ्नो कला, साहित्य,सङ्गीत तथा नेपाली पर्वहरुलाई जोगाइ राख्ने उद्देयका साथ आयोजना गर्न लागेको होली कार्यक्रममा कोरियावासी सम्पुर्ण नेपालीहरुलाई आयोजकले यसै सुचना मार्फत हार्दिक निमन्त्रणा गरेको छ।
आकर्षकहरु :
• होलीका रङ्गीन रंगहरुसँग रमाउँदै- नाँच्ने, गाँउने
•बिभिन्न रमाइला तथा आकर्षक खेलहरु खेलाउने
• नेपाली परिकारका खाजाहरुको व्यवस्था
स्थान: Ichon Station, Hangang River park, Seoul, line no. ४, Exit no. ४ वाट ५००/६०० मिटर सिधा अगाडि Full address : , 62, Ichon-ro 72-gil, Yongsan-gu, Seoul 서울특별시 용산구 이촌로72길 62 (이촌동)
Phone: +82-2-3780-0551
समय: बिहान १० बजे देखि ४ बजे सम्म
सम्पर्क: ०१०-२४७११४३७, ०१०-६४९२४८४०, ०१०-५८१०२४४०
सोही दिन स्टार रेमिटको सेवा पनि उपलव्ध हुने भएकोले खाता खोल्न इच्छुक महानुभावहरुले आफ्नो एलिन कार्डको साथमा बैँक खाता न. र पासपोर्ट न. पनि साथमा लिएर आउनु हुन अनुरोध गरिन्छ।