एजेन्सी – सन् २०१४ मा सेनाले सत्ताकब्जा गरेपछि थाईल्यान्डमा पहिलो पटक निर्वाचन सम्पन्न भएको छ lथाईल्यान्डमा सन् २०१४ मा सेनाले सत्ताकब्जा गरेपछि भएको निर्वाचनमा प्रतिस्पर्धा गरेका दुई प्रतिद्वन्द्वी समूहले गठबन्धन सरकार बनाउने प्रयास गरिरहेका छन्।
प्रारम्भिक परिणाम अनुसार फलाङ प्रचा रात पार्टी (पीपीआरपी) ले लोकप्रिय मतको ठूलो भाग पाएको देखिन्छ। तर संसद्मा प्रमुख विपक्षी फू थाई पार्टीले सबैभन्दा बढी सीट ल्याएको छ।
थाईल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावातले आइतवार भएको मतदानमा धाँधली भएको आरोप लगाएका छन्।सन् २००६ मा सत्ताच्युत भएपछि आफै निर्वासनमा बस्न थालेका थाक्सिनले बीबीसीसँगको कुराकानीमा निर्वाचनमा भएको अनियमितताले आफू चिन्तित भएको बताएका छन्।
थाईल्यान्डको जटिल चुनावी प्रणालीअन्तर्गत केही संसदीय सीटहरू प्राप्त मतका आधारमा छुट्ट्याइन्छतर कुनै कारण नदेखाई मतगणनाको पूर्ण परिणाम सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै निर्वाचन आयोगको आलोचना भएको छ।