सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

स्याङ्गजामा भयो अचम्म फोहोरका पोका घरघरै फिर्ता गर्यो नगरपालिकाले

स्याङ्जा –  नगरपालिकाको टिपर टक्क घरअगाडि रोकियो । कर्मचारीले घरधनीलाई पोका थमाउँदै भने, ‘लौ तपाईंको सामान तपाईं नै राख्नुस् ।’

 

 

अलमलमा परेका घरधनीले खुरुखुरु हात थापे खोलेर हेर्दा त्यसमा फोहोर थियो । त्यही फोहोर जुन उनीहरुले राति सुटुक्क लगेर खोल्सामा फालेका थिए ।

वालिङ नगरपालिकाले शनिबार वडा नम्बर १० फेदी मोहोरियाका बासिन्दाले जथाभावी फालेको फोहोर उनीहरुलाई नै फर्काइदिएको हो । यसै कारण वालिङ बजारमा विहान केही घण्टा निकै चर्काचर्की चलेको थियो ।

फोहोरका पोकामा बिल तथा प्रमाण पुग्ने कागजपत्र भेटिएपछि वडाध्यक्ष अनन्तराज गैरेमार्फत मिल्काउनेको घरमा पुर्याइएको नगरपालिकाले जनाएको छ । फोहोरका पोका फिर्ता पाउनेमा अधिकांश व्यवसायी छन् । फोहोर फाल्नेलाई फेरि त्यस्तो नगर्न सचेत गराइएको वडाध्यक्ष गैरेले बताए ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय