सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

“कोरीयामा उच्च शैक्षिक अध्ययनको” विषयमा बृहत सेमिनारको आयोजना हुँदै

दक्षिण कोरीया, मार्च ८

दक्षिण कोरीया पैसा कमाउनको लागी आर्कषक गन्तब्य मानिन्छ । यही आर्कषण लाइ पिछा गर्दै नेपालीहरु बिशेष गरी दुइ ओटा अवसरहरुको खोजि गर्छन । एउटा इपिएस परिक्षा पास गरी कोरीया पस्ने अर्को उच्च शिक्षा अर्थात स्टुडेन्ट भिषा मार्फत कोरीया पस्ने ।

यी दुबै अवसरहरु भने त्यति सहज तथा सजिलो भने छैनन । बिशेष गरी स्टुडेन्ट भिषामा कोरीया प्रवेश गरेका धेरै नेपाली विद्यार्थीहरुले विभिन्न समस्या तथा दुखको सामना गरेका घटनाहरु बेला–बेला बाहिरिरहेका हुन्छन । यही चुनौति अवसर र वास्तविकतालाइ बहस तथा  अन्तरक्रिया मार्फत स्पष्ट मार्गनिर्देशन होस भन्ने हेतुले जनसम्पर्क समिति दक्षिण कोरीयाले बृहत सेमिनारको आयोजना गर्ने भएको छ ।

आउदो मार्च ३१ तारिखमा तुग्देमुनको नेपाल हाउसमा आयोजना हुने उक्त समिनारमा अध्यण भिषा यसका प्रक्रिया तथा अन्य सम्बन्धित बिषयमा विषय विज्ञहरुको सहभागितामा छलफल हुने आयोजक सस्थाले जनाएको छ । हाल इपिएस प्रणाली मार्फत कोरियामा कार्यरत नेपालीहरुले पनि अध्ययन गर्न पाउने सम्बन्धि प्रकृयाको बारेमा पनि जानकारी गराइने बताइएको छ । स्वास्थ्य, विज्ञान, प्रविधि र इन्जिनियरिङ साथै अन्य धेरै विषयको अध्ययनका लागि थुप्रै सम्भावना रहेको कुरा बताइएको छ ।

छात्रवृत्तिको अवसर, बिज्ञान प्रविधिसँगको साक्षात्कार र अन्य धेरै क्षेत्रगत विषयमा हुने शोधकार्य आफैँमा एउटा अवसर हुन सक्छ यसमा धेरै नेपालीको सहभागिता अपेक्षा गरेकाे जनसम्पर्क समिति दक्षिण कोरीयाका सहमहामन्त्री मित्रबन्धु काफलेले बताउनुभयाे ।यस संग सम्बन्धित अवसर र चुनौतीलाई कसरी सहजीकरण गर्ने सम्बन्धमा सेमिनारका विज्ञहरुले प्रस्टाउने पनि उहाले बताउनु भयो । सेमिनार धेरैको लागी लाभदायीक हुने आयोजकले बताएको छ । हामीले सकेसम्म धेरै सामान्य देखि जटिल बिषयबस्तुको बारेमा आम सहभािगताहरु सहजीकरण गर्ने लक्ष्य राखेका छौ यो एउटा अवसर पनि हुन सक्छ जनसम्पर्क समिति दक्षिण कोरीयाका सभापति आस्था बिन्दु मल्ले भनाइ रहेकाे छ ।

कार्यक्रमको बारेमा :
मिति : ३१ मार्च २०१९ आइतबार
स्थान: नेपाल हाउस
समय: १२ बजेबाट

उपस्थित विज्ञहरुमा :-
आस्था बिन्दु मल्ल(बाताबरण बिज्ञान, Seoul National University)
प्रकाश धमला(मेडिकल साईन्स,Seoul National University)
डा अग्नि काेईराला(रिर्सच प्रोफेसर केमेस्ट्री, Sogang University)
डा ज्ञानराज कोईराला (रिसर्च प्रोफेसर ईन्जिनियरिगं, Sunchon National University)

थप जानकारीकालागि :- कुमार थापा :-010-9915-3080 मित्र बन्धु काफ्ले :-010-2930-5517 याेगेन्द्र भट्टराई :-010-2651-5644 आयोजक : नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया,

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय