सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

फास्ट ट्रयाकबाट सरकारले भर्ती गर्दैछ २० हजार कर्मचारी

काठमाण्डु, १८ चैत– कर्मचारी अभाव पूरा गर्न सरकारले फास्ट ट्र्याकबाट २० हजार कर्मचारी भर्ना गर्ने बताएको छ ।

कर्मचारी समायोजनको काम पूरा गरेसँगै स्थानीय, प्रदेश र केन्द्र रहेका कर्मचारी अभाप हटाउन सरकारले नयाँ भर्नाको तयारी गरेको हो । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले फास्ट ट्र्याकबाट करिब २० हजार कर्मचारी भर्ना गर्ने गरी तयारी सुरु भएको बताए । उनले भने, ‘अब गरिने भर्ना फास्ट ट्र्याकबाट हुनेछ । यसो नगरे प्रक्रिया लम्बन्छ ।’
स्थानीय तह र प्रदेशमा तत्काल करिब ३२ हजार कर्मचारी भर्ना गर्न फास्ट ट्र्याकको बाटो अपनाउनु परेको पण्डितले जानकारी गराए । नागरिक दैनिकबाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय