सौल दक्षिण कोरिया,
दक्षिण कोरियाको इतिहासमा नेपालीहरुको सबैभन्दा जेठो संस्थाको रुपमा गठन भएको नेपाली सम्पर्क समिति (NCC )दक्षिण कोरिया भित्र ब्यापक अनियमितता भएको भन्दै समितिकै महासचिवले प्रेस बिज्ञप्ति निकालेका छन् ।
बिज्ञप्तिमा भनिएको छ कि सन् २०१८ जनवरी १४ मा नेपाली सम्पर्क समिति दक्षिण कोरियाले विभिन्न संघ संस्थाको अनुरोधमा नेपाली राजदुतावासको संरक्षक ,बौद्द परिवारको सहकार्यमा र नेपाली सम्पर्क समिति (NCC )संयोजकमा NCC अध्यक्ष अन्जु के सी को संयोजकतवमा बुद्द मुर्ति स्थापना समिति गठन गरिएको र सो समितिले कोरियाको पर्यटकीय क्षेत्र वाउजंसा गुम्बामा नेपालबाट मुर्ती ल्याई स्थापना गर्ने कार्य पनि सम्पन्न गरिसकेको थियो । हाल आएर सो अभियान वा कार्यको पारदर्शीताको कोरियाको समाजमा सामाजिक संजाल मार्फत छरपस्ट रुपमा उठ्न लागेपछि सो सम्बन्धमा सम्बन्धित निकाएमा जिज्ञासा राख्दा सचिवालय संयोजक अन्जु के सी ले आफ्नो फेसबुक अकाऊण्टमा स्टाटस राख्दै २०१९ फेब्रुवरी २० मा बुद्द स्थापना अभियानमा उठेको रकम र खर्च रकम प्रस्ट पार्दै मौज्दात रकम भनि ७१५२३६९ वन देखाउनु भएको भनिएको छ भनेक= सो रकम कसको जिम्मा वा खातामा छ भन्ने कुरा प्रस्ट्याइएको छैन बरु त्यो रकममा कोहि कसैले गिद्दे नजर नलगाईयोस कुनै व्यक्तिको पेवा होइन र सो रकमको बारेमा बोल्ने जो कसैलाई पनि नछाडिने भनि धम्कीपूर्ण अभिव्यक्ति दिनु कत्तिको सोभनीय र सान्धर्भिक नभएको जीकिर गरेका छन् |
सार्वजनिक संजाल मार्फत धम्कीपूर्ण भाषा प्रयोग गरि यो सभ्य समाजलाई उत्तेजित र सामाजिक सद्भावमा आंच पुग्ने गरि दिएको अभिव्यक्ति प्रति नेपाली सम्पर्क समिति घोर भ्रत्सना समेत गरेको छ ।सो बिषयमा जान अचाहना बमोजिम सार्वजनिक सुनुवाई माफत प्रष्ट पार्न अनुरोध समेत गरेका छन ।
विज्ञप्तिको पूर्ण पाठ यस्तो छ