सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

यि हुन कोरियामा साकुरा हेर्ने उत्कृष्ट ६ गन्तब्यहरु

कोरियामा बसन्त ऋतुको आगमनको अर्थ हो, साकुरा फुल्ने समय । यहाँ साकुरा फुल्दा एकदमै सुन्दर देखिन्छ । यो वर्ष मार्च महिनाको अन्तिम हप्ता लाई चेरी अर्थात साकुरा फुल्ने पहिलो अनुमानित मिति मानिएको छ । यसपाली कोरियामा मार्च महिनामा चेरी फुल्ने पहिलो अनुमानित समय मानिएको छ । शउलमा भने अप्रिल ३ मा चेरी फुल्ने अनुमान गरिएको छ ।दक्षिण कोरियामा ४ वटा ऋतुहरु छन जसमा हरेक ऋतुमा फरक फरक मौसम संगै देशको मुहार पनि फरक फरक हुन्छ ।चेरि अर्थात साकुरा बसन्त ऋतुमा फुल्ने फुल हो ।यो ऋतुमा कोरियामा रंगिचङ्गी फुलहरु संगै वातावरण पनि हरियाली हुन्छ । आजको लेखमा कोरियामा साकुरा कहाँ कहाँ हेर्न सकिन्छ त्यसबारे केही जानाकारी दिने प्रयास गरिएको छ ।

फिचर फोटो

१ . ऐईदो पार्क शउल ( Yeouido Park ,seoul )

ऐईदो पार्क कोरियाको हान नदिको किनारामा अबश्थित कोरियाको सुन्दर पार्क हो । यो पार्क कोरियाको लोकप्रिय साकुरा स्पट पनि हो । यहाँ हजारौँ साकुराका बिरुवाहरु छन् । यो स्थान कोरियाबाशी र पर्यटकमाझ निकै लोकप्रिय छ । त्यसैले यो स्थान प्राय भीड हुन्छ । अप्रिल महिनाको सुरुवात संगै यहाँ भएका साकुराका बोटहरु रंगिचङ्गी भएर फुल्ने गर्छन ।यो ठाउँमा आफ्ना नजिकका साथीहरु , परिवार भेला भएर साकुराको सुन्दर दृस्य संगै फोटो सेसन गर्ने , मिठोमिठो कुराहरु किनेर हान नदिको किनारमा बस्दै रमाईला पलहरु बिताउने गर्छन ।कतिपय मानिसहरु टेन्ट लगाएर रातिसम्म बस्ने , गर्छन ।साथै यो ठाउँ पिकनिकको लागी पनि प्रसिद्द रहेको छ ।यो ठाउमा पुग्न सउल सब वे को लाईन नम्बर ५ को ऐईदो (여의도) स्टेशनमा झरेर जान सकिन्छ ।

ऐईदो पार्क शउल ( Yeouido Park ,seoul )

२ . सक्छन ताल सउल ( Seokchon lake ,seoul )

सक्छन ताल पनि शउलको मुटुमै शाकुरा हेर्नको लागी प्रसिद्द गन्तब्य हो ।यहाँको तालको चारैतर्फ फुलेका धेरैथरी साकुराका फुलहरु संगै सयौँथरी रंगीचङ्गी फुलहरुको सौन्दर्यताले हर सबैलाई मन्त्रमुग्ध पार्दछ । अन्य ऋतुहरुमा पनि मानिसहरुको भिडभाड हुने यो ठाउ बिशेषगरी बसन्त ऋतुमा फुलेका साकुराका फुलहरुले झनै आकर्षित गर्छ । यो ताल बिश्वकै पाचौँ अग्लो १२३ तलाको बिल्डिङ ‘लोट्टे वर्ड टावर ‘ को काखैमा अबश्थित छ ।यो ठाउँमा अातिसबाजी सहित तालको मनमोहक दृश्य हेर्न मानिसहरुको भिडभाड हुने गर्दछ । यो ठाउँमा पुग्न शउल सब वे को २ नम्बर लाईनको जाम्सिल ( 잠실 ) स्टेशनमा झरेर जान सकिन्छ ।

सक्छन ताल सउल ( Seokchon lake ,seoul )

३ . ख्यङ्गबोकगुङ दरबार शउल ( Gyeongbokgung palace )

ख्यङ्गबोकगुङ दरबार कोरियाको पर्यटकिय स्थलको रुपमा प्रसिद्द ठाउँ हो । यो ठाउँ बसन्त ऋतुमा मात्र नभएर अन्य ऋतुमा पनि उत्तिकै सुन्दर ठाउँ हो । अन्य ठाउँको तुलनमा यहाँ साकुराको बोट त्यति धेरै नभएतापनि यहाँ फुल्ने पिङ्क रँङ्गको फुलहरु र परम्परागत ऐतिहासिक दरबार हेर्न पाईने भएकोले छुट्टै आनन्द महशुस हुन्छ ।यो दरबारमा कोरियन राष्ट्रीय पोषाक ‘हानबोक’ लागई फोटो पनि खिचाउन सकिन्छ । यहाँ पुग्नको लागी सउल सब वे तिन नम्बर लाईनको ख्यङ्गबोकगुङ्ग (경복궁) स्टेसनमा झरेर जान सकिन्छ ।

ख्यङ्गबोकगुङ दरबार शउल ( Gyeongbokgung palace )

४ . जिन्हे ख्यङ्गनाम ( jinhae Gyeongnam )

शउलको दक्षिणी भागमा अबश्थित सहर बुसान बाट नजिकै पर्ने जिन्हे ख्यङ्गनाम पार्क कोरियाको सबैभन्दा पुरानो साकुरा फुल्ने ठाउँ हो । यो ठाउँमा हजारौं फरक फरक प्रकृतिका साकुरा प्रजातीहरु भएकोले यो आसपासमा हुने मानिसहरु वसन्त ऋतुको आगमन संगै घुम्न जाने गर्छन । यो ठाउँमा बिभिन्न थरिका साकुरा फुल्ने भएकोले हजारौँ मानिसहरु फोटो सेसन गर्ने गर्छन ।

जिन्हे ख्यङ्गनाम ( jinhae Gyeongnam )

५ . ख्यङ्गबोदे पेभिलियन खाङवन्दो ( Gyeongpodae Pavilion )

ख्यङ्गबोदे पेभिलियन खाङवन्दोमा अबश्थित कोरियाको छैटौँ ऐतिहासिक ठाउँ हो । यो ठाउँमा पनि साकुरा फुल्ने ठाउँ भएकोले बसन्त ऋतुसंगै मान्छेहरुको भिडभाड हुने गर्छ । यो ठाउँ बिहानीको सूर्योदय हेर्नेको लागी प्रसिद्द रहेको छ ।

ख्यङ्गबोदे पेभिलियन खाङवन्दो ( Gyeongpodae Pavilion )

६ . जेजु टापु ( jeju island )

जेजु टापु कोरियाको प्रसिद्द पर्यटकिय गन्तब्य हो । यो ठाउँ पनि साकुरा हेर्नको लागी प्रसिद्द रहेको छ ।शउल क्षेत्र तिर भन्दा यो क्षेत्रमा केही अगाडी देखीनै साकुरा फुल्ने भएकोले बसन्त ऋतुको शुरुवातीमै घुम्न चाहनेहरुलाई यो ठाउ प्रमुख गन्तब्य बनेको छ । जेजु टापुमा धेरै ठाउँमा साकुरा फुल्ने भएतापनि नोक्सान रो भन्ने ठाउँचाही यो टापुको बिशेष ठाउँ रहेको छ ।

जेजु टापु ( jeju island )
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय