काठमाडौं- प्रहरी प्रधान कार्यालकाअनुसार यो आर्थिक वर्ष सुरु भएको साउन महिनायता फेसबुकबाट ८५२ वटा साइबर अपराधका घटना भएका छन्। ती मध्ये १७ वटा घटनामा संलग्न अभियुक्तविरुद्ध कानुनी कारबही भएको छ। सइबर अपराधमा सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग सबै भन्दा बढी हुने गरेको छ। फेसबुकपछि म्यासेन्जर, वेबपेज ग्रुप तथा अनलाइन, युट्युब, भाइबर, ट्विटर र इमो छन्।