रमेश रोका, फागुन २५, २०७५, पोखरा
स्याङ्जा जिल्ला, अर्जुनचौपारि गाउँपालिका-६ घर भइ हाल पोखरामा स्थायी तथा अस्थायी रुपमा बसि विभिन्न पेशा, व्यावसाय, रोजगारी र अध्यन र विभिन्न उदेश्यका साथ रहनुभएका सम्पुर्ण गाउँबासिहरुलाइ एकीकृत गरि पारस्परिक सहयोग, सद्भाव र भाइचाराको सम्बन्ध कायम गरि सामाजिक, आर्थिक, शैक्षिक र सास्कृतिक जिबनपद्दती उकास्दै सामाजिक कार्यमा उत्तरदायी रहन गठित दरौ पोखरा सम्पर्क समाज पोखराको प्रथम अधिबेशन तथा रमाइलो बनभोज कार्यक्रम २०७५ कार्यक्रमका संयोजक ओम प्रसाद ढकालको संयोजकत्व, सस्थाका तदर्थ समिती संयोजक श्री टेकनाथ पौडेलको अध्यक्षता तथा तमाखुवारि निबासी ८८ बर्सिय बृद्ध जिबाखर ढकालको प्रमुख आथित्यतामा २०७५ फागुन २५ गते शनिबारका दिन पोखराको लेकसाइड स्थित कोमागाने पार्कमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा अर्जुनचौपारी गाउपालिका-६ का वार्ड अध्यक्ष तेज बहादुर रोका र स्याङ्जाली सम्पर्क समाजका अध्यक्ष लिला प्रसाद पङ्गेनीको विशिष्ट आतिथ्यता, अर्जुनचौपारी गाउँपालिका पोखरा सम्पर्क समाजका द्वितीय उपाध्यक्ष गोबिन्द काफ्ले, लायन्स डिस्ट्रीक एड्भाइजर दुर्गा ढकाल, प्रदेश ४ को सामाजिक बिकास मन्त्रालयका शाखा अधिकृत नवीन अधिकारी, क्षेत्रीय कृषि बैंकका अधिकृत झबनाथ ढकाल, आरुचौर एकता पोखरा समाजका अध्यक्ष गोविन्द प्रसाद सापकोटा, पोखरा लेडि जेसिसका पुर्व अध्यक्ष सन्तु पौडेल,मणिपाल शिक्षण अस्पतालका डा. सन्तोष ढकाल, सस्थाका सल्लाहकारहरु बेदप्रकाश पौडेल, प्रेम प्रसाद ढकाल, सस्कृतीकर्मी तारा बहादुर गुरुङ, तिल बहादुर रोका र तिलकराम पौडेलको आतिथ्यता रहेको थियो भने सस्थाका सचिब श्री रमेश रोकाले कार्यक्रम संचालन गर्नुभएको थियो !
कार्यक्रममा सस्थाका ९५ जना आजिवन सदस्यलाइ आजिवन सदस्यताको प्रमाणपत्र बितरण गरिएको थियो भने सस्थाका सचिब रमेश रोकाले सचिबको प्रतिबेदन र कोषाध्यक्ष दिपक कुमार रोकाले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
कोरियामा कार्यरत सन्तोष रोकाले आफ्ना स्वर्गीय हजुरबुबा बम बहादुर रोकाको स्मृतिमा रु ५,१००/- र प्रमुख अतिथि जिबाखर ढकालले रु ५,१००/- को अक्षयकोष स्थापनाका लागि रकम प्रदान गर्नुभएको थियो ।
सस्थाले सम्पन्न गरेका विभिन्न कार्यक्रममा संयोजनकारी भुमिका निर्वाह गर्नुभएका दिपक कुमार रोका र बिधान मस्यौदा उपसमितिका संयोजक सल्लाहकार प्रेम प्रसाद ढकाललाइ कदर पत्रले सम्मान गरिएको थियो भने प्रमुख अतिथी जिबाखर ढकाललाइ सस्थाका तदर्थ समिती संयोजक टेकनाथ पौडेलले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
करिब ११० जना गाउँबासिहरुको सहभागीता रहेको कार्यक्रममा निर्वाचन मन्डलका संयोजक तथा सस्थाका सल्लाहकार श्री तिलकराम पौडेलको संयोजकत्वमा गठित सस्थाका सल्लाहकार बेदप्रकाश पौडेल, तिलबहादुर रोका, प्रेम प्रसाद ढकाल, तारा बहादुर गुरुङ सहितको ५ सदस्यीय निर्वाचन मन्डलले आगामी कार्यकालका लागि निम्नानुसारको १५ सदस्यीय कार्यसमिति चयन गरि नवनिर्वाचित पदाधिकारीहरुलाइ सपथग्रहण गराइएको छ !
१. अध्यक्ष – टेकनाथ पौडेल
२. प्रथम उपाध्यक्ष – लोकनाथ ढकाल
३. द्वितीय उपाध्यक्ष – ओम प्रसाद ढकाल
४. सचिब – रमेश रोका
५. सहसचिव – अनुजा गुरुङ्ग
६. कोषाध्यक्ष – दिपक कुमार रोका
७. सह-कोषाध्यक्ष – टेक बहादुर थापा गोदार (प्रकाश)
सदस्यहरु
८. दिपक खड्का
९. जगत गुरुङ
१०. गङ्गा बहादुर रोका (सुरेश)
११. दिलकाजी जिटि
१२. युवराज पौडेल
१३. तारा कुमारि अधिकारी (लक्ष्मी)
१४. गिता लम्साल पौडेल
१५. बद्रीनाथ ढकाल