सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

उत्तर कोरियाली नेता किम जोन उङले अमेरिकासँग तेस्रो वार्ताका लागि सर्त राखे

एजेन्सी- उत्तर कोरियाली नेता किम जोन उङले अमेरिकासँग तेस्रो वार्ताका लागि सर्त राखेका छन् । कोरियाली मिडियाका अनुसार उनको सर्त ‘अमेरिका उचित ढंगले प्रस्तुत हुनुपर्ने’ हो । उत्तर कोरियाली मिडियालाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार एक भाषणमा किमले भनेका छन्, ‘म राष्ट्रिपति ट्रम्पलाई आग्रह गर्छु कि उनी एक यस्तो ‘डिल’ ल्याऊन्, जुन जायज होस्, र दुवै पक्षलाई मन्जुर होस् ।’

अमेरिका र उत्तर कोरिया दुईपटक उच्चस्तरीय बैठकमा बसिसकेका छन् । पहिलोपटक यी दुई देशका सर्वोच्च नेताबीच सिंगापुरमा भेट भयो । ट्रम्प–किम पहिलो भेटमा दुवैले ठूलो सौहार्द देखाए, राम्रो दोस्ती भएको अभिव्यक्ति दिए । दाेस्राेपटक ठूलो आशाका साथ भियतनामको हनोईमा भेट गरेका ट्रम्प–किम विना कुनै सम्झौता छुट्टिए ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय