दक्षिण कोरिया,
भिजिट नेपाल २०२० भिजन लाई लक्षित गर्दै नेपालमा पर्यटन प्रवर्द्धन गर्ने र दक्षिण कोरियाका नागरिकलाई नेपालको भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले मनाङ परिवार दक्षिण कोरियाले हाइकिङ कार्यक्रम आयोजनाको सम्पुर्ण तयारी पुरा भएको छ।
अप्रिल २१ तारिख अर्थात यो हप्ताको आइतबार दोबोङसान पदमार्गमा मा हाइकिङ गरिने छ । हाइकिङ जानुहुने ब्यक्तीहरु उक्त दिन दोबोङ्सान सब वे लाइन नम्बर १को गेट नम्बर १ बाट एकजुट भएर बिहानको ठिक ९ बजे पदमार्गको लागि तयार हुनुपर्ने छ र पानी र रुमाल स्वयम आफैले ब्यवस्था गर्नु पर्ने छ ।”कोरियाको प्रसिद्ध पद मार्गमा भ्रमणमा जादै गर्दा नेपाल र कोरियाको झन्डा प्रदर्शन गरिने छ भने नेपालको पर्यटनसम्बन्धी जानकारी दिइने छ।
विशेषगरी दोबोङ्सान पदमार्गमा भ्रमण गर्नुको उद्देश्य नेपालको महत्वपूर्ण पदमार्गमा पर्ने अन्नपूर्ण पदमार्गको चिनारी र हिमाल पारीको जिल्ला मनाङको मनमोहक दृश्य सङ्ग केन्द्रीकृत हुनेछ ।
हाइकिङ गर्न रुचाउने कोरियनहरु लागि नेपाल भित्र्याउने ठुलो अवसर सृजना हुन सक्छ।उचित जनशक्ति ,सुरक्षा ,स्वास्थ तथा दोभाषेको समस्याले नेपालमा आशा अनुरुप पर्यटक नभितृएको अवस्थामा यस्ता कार्यक्रमले बिस्वस्नियता र सकारात्मक सन्देश प्रवाह गर्न सकिने छ।तसर्थ समृद्ध देश बिकासमा टेवा पुरयाउन कोरियन पर्यटकलाई नेपाल भित्र्याउने प्रयासका लागि आम कोरियाबासी नेपालीहरु लाई उपस्थित भै कार्यक्रम सफल पार्न आयोजक सस्था मनाङ परिवारले अनुरोध गरेको छ।