एजेन्सी – अहिलेको समयमा मानव जातिले जलवायु परिवर्तन, परमाणु युद्ध, महामारी वा उल्कापिण्डसँग पृथ्वी ठोक्किनसक्ने जस्ता सम्भावित खतराहरूको सामना गरिरहेका छन्।दार्शनिक डेविड एडम्सले यस विषयका विशेषज्ञहरूसँग कुरा गरेर यो शताब्दीको अन्त्यसम्म मानवको अस्तित्व मेटिन्छ वा मेटिन्न भन्ने पत्ता लगाउन खोजेका छन्।
बीसौं शताब्दीसम्म हामी सोच्थ्यौँ कि हामी एकदमै सुरक्षित छौँ तर अहिलेको अवस्था परिवर्तन भइसकेको छ।मानव जातिको विनाशको खतरा चिन्ताजनक रुपमा बढिरहेको छ।सन् १९८० को दशकसम्म आकाशबाट झर्ने उल्का पिण्डका कारणले धर्तीमा विनास हुनसक्छ भन्ने सोच थिएन्।
तर त्यही दशकमा वैज्ञानिक बाबु-छोरा लुईस र वाल्टर एवारेजले उल्का पिण्डको कारणले डाइनोसर लुप्त भएको अवधारणा अगाडि सारे।जब मेक्सिकोको यूकटान प्राय:द्वीपमा एउटा ठूलो खाल्डो पत्ता लाग्यो, त्यसपछि वैज्ञानिकहरूको एउटा अन्तर्राष्ट्रिय समूहले पनि हालै त्यो अवधारणाको समर्थन गरेका छन्।उल्का पिण्डसँग ठोक्किएर हुने विनाशको सम्भावना टाढा भए पनि तुलनात्मक रुपमा हामी आफैँले त्यसको खतरा निम्त्याइरहेका छौँ।साभार :बिबिसी