सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

अनेसास दक्षिण कोरिया च्याप्टरले आगामी मे ५ का दिन गजल मुशायरा आयोजना गर्दै

१५ बैशाख, सौल कोरिया ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दक्षिण कोरिया च्याप्टरले आगामी मे ५ का दिन गजल मुशायरा आयोजना गर्ने भएको छ । दक्षिण काेरियाकाे राजधानी साैलकाे दाेङ्देमुन स्थित सुबेच्छा हाेटलकाे सभाहलमा उक्त कार्यक्रम हुने भएकाे छ । अनेसास काेरिया च्याप्टरले श्रृङखलाबद्ध रुपमा संचालन गर्दै आएको ‘काव्य-सुधा’को आठाैं श्रृङखलाको रूपमा गजल मुशायराको आयोजना हुन लागेको च्याप्टरका अध्यक्ष प्रमाेद सारंगले बताएका छन् ।

गजल मुशायराका साथमा अनेसास काेरिया परिवारद्वारा तयार पारिएकाे संयुक्त गजल एल्बम (काफिया) र काेरियामा अनेक डायस्पाेरा नामक पुस्तककाे समेत विमाेचन हुने कुरा अायाेजकले बताएकाे छ । मे ५, दिउसाे ११ बजेबाट सुरु हुने गजल मुशायरामा गजलकारहरू कृष्ण रिजाल, ह्यारी बाेण्ड, धिरेन्द्र स्पन्दन र खगेन्द्र खत्रीले अाफ्ना गजलहरू वाचन गर्नेछन् भने उपस्थित सर्जकहरूलाई पनि रचनावाचनकाे अवसर दिइने कुरा कार्यक्रम संयाेजक जनक सन्यालले बताएका छन् ।

काव्य-सुधाका विगतका शृङ्खलाहरूमा जस्तै यसपटक पनि उपस्थित दर्शकहरूले असली शेरहरूको स्वाद लिन पाउने उनकाे दाबी छ । अनेसास काेरियाले कविता, गजल र मुक्तक वाचनका विशेष श्रृङ्खलाहरु नियमित रुपमा गर्दै अाएकाे छ भने विगतका वर्ष विश्वव्यापी खुल्ला कविता प्रतियाेगिता, अनेसास एशिया सम्मेलन, नेपाली र काेरियन कविहरूकाे संयुक्त कविता कन्सर्ट जस्ता कार्यक्रमहरू पनि सम्पन्न गरेकाे छ ।

कार्यक्रमको बारेमा :
स्थान : शुभेच्छा रेस्टुरेन्टको हल तुंदेमुन गेट नम्बर ३ बाट सिधा अगाडी
मिति : २०१९ मे ५
समय बिहान ठिक ११ बजे

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय