सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

कन्सर्ट हेर्न निस्केकी रिनाको शव आफ्नै कोठा अगाडि विभत्स अवस्थामा भेटियो बलाल्कार पछि हत्याको आशंका

विराटनगर, ७ बैशाख – मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा महिलाको विभत्स अवस्थामा शव भेटिएको छ । पथरी बजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ वर्षीया रिना बस्नेतको शव आफ्नै कोठा अगाडी विभत्स अवस्थामा भेटिएको हो ।

शुक्रवार राति पथरी बजारमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । सांस्कृतिक कार्यक्रममा छोरासहित पुगेकी उनी राति घर फर्किएकी थिइन् । बिहान शव भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले महिलाले राति मदिरा सेवन गरेको देखिएको जानकारी दिए । राति मदिरा सेवन गरेर फर्किएकी रिनाको भित्री बस्त्र भने कोठामै भेटिएको प्रहरीले जनाएको छ । घटना शंकास्पद भएकाले प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

उनी शुक्रबार राति पथरीमा कन्सर्ट हेर्न कोठाबाट निस्किएकी थिइन्    अनसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार रिनाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका छ । रिनाको टाउकोमा गहिरो चोट पनि देखिन्छ ।

रिनाका श्रीमान भने बैदेशिक रोजगारीमा छन् । उनी एक छोरासँग डेरामा बस्दै

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय