सौल दक्षिण कोरिया, मिन बि क
कोरियाली राष्ट्रपती मुन्जेइनले आगलागीबाट क्षतीग्रस्त खावन्दो प्रान्तको पांच शहर गोसन ,सोक्छो ,खाङ्गरुङ्ग , दोङ्गहे र इन्जे ( 고성·속초·강릉·동해·인제) लाई बिशेष आपतकालिन क्षेत्र घोषणा गर्दै बिशेष आर्थिक सहायता प्रदान गर्ने क्षेत्रमा घोषणा गरेका छन्।
आगलागी बाट पिडित सम्पूर्णलाई जिवनयापनको लागी आवश्यक सम्पुर्ण सामाग्री लगायात बसोवासको लागी आवासको व्यवस्था गर्न लाग्ने सम्पूर्ण खर्च सरकारले व्यवस्था गरिदिने घोषणा गरेको छ ।
यस क्षेत्रमा रहेका पिडितहरुलाई राहत बितरणमा कुनै समस्या नआउनको लागी स्थानिय सरकारलाई सचेत गराउनुको साथै राहत बितरणमा पारदर्शीता प्रदान गर्नको लागी उच्चस्तरीय छानबिन समिति समेत गठन गरेर सम्बन्धित क्षेत्रमा पठाइसकेको राष्ट्रपती कार्यालयले जानकारी गराएको छ ।
प्रधानमंत्री ली नाक-यनका अनुशार आगलागी बाट ध्वस्त भएका कैयौं चिजहरुको मर्मत , भवनहरुको मर्मत , आवास , औधोगीक क्षेत्रको पुनर्स्थापना , प्रशानिक कार्यहरु , तनाव ब्यबस्थापन कार्य , बन जंगलको वृक्षारोपण लगायत यावत कार्यहरु यस कार्यक्रम भित्र समेटिनेछन ।
यस भन्दा पहिले पनि भिषण आगलागीकै कारण सन् २००० मा थेहेनसान र २००५ मा थोङ्गहेआन सानलाई बिशेष आपतकालिन क्षेत्र घोषणा गरिएको थियो |
कोरियाको आगलागी क्षेत्रका पिडितलाई आवास लगायत जीवनयापनका सम्पुर्ण सामाग्रीको ब्यबस्था सरकारले गर्ने घोषणा
Comments