सौल दक्षिण कोरिया ,
अहिले नेपालीहरुको रोजगारीको प्रमुख गन्तब्य बनेको छ दक्षिण कोरिया । नेपालीहरुको संख्या बढ्दै जादा कोरियामा भएका गतीबिधीहरुले बेलाबेलामा चर्चा पाईरहेको हुन्छ । कोरियामा काम गर्ने नेपालीहरुले विभिन्न बाध्यात्मक परिस्थितिका कारण काम गर्दै गरेको कम्पनि परिवर्तन गर्नुपर्ने अबस्था आउछ । कम्पनि परिवर्तन गर्नु पक्कै पनि कुनै व्यक्तिलाई रहर भने हुदैन यो सबै बाध्यात्मक अबस्था नै हो ।
तपाईलाई बिस्वास नलाग्न सक्छ कोरियाको एक कम्पनिमा काम गर्दागर्दै काम छोड्न बाध्य भएका एक नेपाली आज हामीसंग भेट हुन पुगे ।
उनि एउटा सेल्टरमा बस्दै आएका रहेछन । र कुनै कम्पनीको मेसेज कुरेर बसेका रहेछन । आइतवार भएकोले बिशेष कार्यक्रमको लागी सेल्टर लाई खबर गरेर बाहिर निस्केका उनिलाइ साझ पख फोन गरेर सेल्टर संचालक नेपालीले फोन गरेर आजैबाट कोठा छोड्नु भनेपछि उनि अलपत्र परेका हुन् । उनलाई निकाल्नुको कारण अरु के हि नभएर बाहिर निस्केकोले बाईबलको प्रार्थाना गर्ने समयमा उनि सेल्टरमा पुग्न सकेका थिएनन । यो सेल्टरका प्रमुख कोहि नभएर नेपाली नै रहेका थिए उनि भन्छन ।
कोरियामा एक दिन प्रार्थाना गर्न नपुगे सेल्टरबाटै निकालीदिन्छन । आखिर सेवा हो कि धर्म प्रचारको अखडा हुन् सेल्टरहरु
Comments