सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

बुद्ध प्रतिमा स्थापना अभियानको समापन संगै सहयोगदाताहरुलाई सम्मान गर्दै, बुद्द प्रतिमा स्थापना अभियान दक्षिण कोरिया

सौल दक्षिण कोरिया ,
बुद्ध प्रतिमा स्थापना अभियान काेरियाले बुद्द प्रतिमा स्थापना गर्न सहयाेग गर्ने ब्यक्ति बिशेष र संघ संस्थालाइ सम्मान सहित अभियानलाइ समापन गर्ने भएकाे छ।

गत बर्ष नेपाली सम्पर्क समिति द कोरियाको संयोजन,नेेपाल बौद्ध परिवार द कोरियाको सहकार्यता तथा नेपाली राजदूताबास सउल कोरियाको संरक्षकत्वमा बुद्ध प्रतिमा स्थापना अभियान संचालन गरि अभियानको मुख्य उद्देश्य अनुसार गत २०१८ मे २० तारिख योङ्गगिन शहरमा रहेको वाउछङ्गसा गुम्बामा नेपाल देखि बुद्धको प्रतिमा खरिद गरि ल्याएर स्थापना गरेकाे हाे।

उक्त अभियान सम्पन्न गर्नकाे लागी एन सि सि काे संयाेजकत्वमा २०१८ जनवरि १४ मा बुद्ध प्रतिमा स्थापना अभियान सचिबालय स्थापना गरिएकाे थियाे। सचिवालयले नै आर्थिक अभियान संचालन गरेर नेपाल देखि बुद्दकाे प्रतिमा खरिद गरि वाउजङसा गुम्बामा स्थापना गर्ने महत्वपुर्ण कार्य सम्पन्न गरेकाे हाे। अभियानकाे बाकी काम मध्ये सहयाेगदाताकाे नामावली मेटलमा लेखेर राख्ने, नेपाली शैलीकाे घन्टी र धुपदानीकाे पनि ब्यवस्था र नेपालकाे पहिचान झल्किने केहि हिमालकाे चित्र,लुम्बिनीकाे तस्बिर पनि राख्ने तयारी अन्तिम चरणमा पुगेकाे सचिबालयले जनाएकाेछ।

बुद्द प्रतिमा खरिद गर्नकाे लागी काेरियामा रहेका नेपाली संघ संस्था र ब्यक्ति बिशेषले आर्थिक सहयाेग गरि ५ कराेड वन बढि रकम संकलन गरिएकाे थियाे भने वाउछङसा गुम्बाले पनि करिब ५ कराेड वन खर्च गरि बुद्द मुर्ति राख्ने नेपाली शैलीकाे सानाे स्तुपा निर्माण गरेकाे हाे। पुर्ब घाेषित कार्यक्रम अनुसार पचास हजार वन देखि बढि सहयाेग गर्ने महानुभावहरू तथा संस्थाहरूलाइ सम्मान गर्ने कार्यक्रम रहेकाे छ। साथै साेही दिन बुद्द जयन्तीकाे दिन वाउछङसा गुम्बामा पुजा-आजा पनि गरिनेछ। वाउछङसा गुम्बाले मनाउने बुद्द जयन्तीमा नेपालीकाे प्रतिनिधित्व जनाउदै र्यालीमा पनि सहभागी हुने कार्यक्रम रहेकाेछ। उक्त दिनमा अहिले भएकाे सचिबालय बिधिबत रूपमा बिघटन गरिने र नयाँ ब्यवस्थापन समिति गठन गरिने कुरा संयाेजक अन्जु केसिले बताइन्।

तसर्थ काेरियामा रहेका सम्पुर्ण संघ संस्था ब्यक्ति बिशेषहरूलाइ उक्त बिशेष दिनमा उपस्थित भै दिनु हुन सचिबालयले बिशेष अनुराेध गरेकाे छ। साथै जातिय संस्थाहरूलाइ आफ्नाे जातिय पाेशाकमा उपस्थित भैदिनु हुन सचिबालयले अनुराेध गरेकाेछ।

स्थान, याेङगीन सिटी, वाउछङसा गुम्बा परिसर

मिति ,२०१९ मे १२ तारिख, आइतबार

समय बिहान ९ बजे देखि पुजा,१०।३० मा र्याली,

औपचारिक कार्यक्रम १२ बजे देखि २ बजे समापन

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय