भारतमा पूर्वविदेश सचिव एस जयशङ्कर विदेश मन्त्री बनेपछि त्यसप्रति नेपालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्।दोस्रो संविधानसभाले संविधान जारी गर्नुअघि भारत सरकारका विशेषदूतको हैसियतमा काठमाण्डू आएका जयशङ्करले संविधान जारी गर्ने मिति पर धकेल्न सरकारलाई आग्रह गरेको बताइन्छ।तत्कालीन सरकार तथा प्रमुख प्रतिपक्षी दलले भारतीय आग्रहलाई ठाडै अस्वीकार गरेपछि रुष्ट बनेको दक्षिणी छिमेकीले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको धेरैको बुझाइ छ।
एकातिर विनाशकारी भूकम्पपछि नेपालले उठ्ने कोशिश गरिरहेको थियो भने अर्कातिर तराई केन्द्रित दलहरू संविधानका कतिपय विषयवस्तुमा असहमति जनाउँदै आन्दोलनमा थिए।प्रशंसा गरेका धेरै नेपालीले अघोषित नाकाबन्दीपछि उनको चर्को आलोचना गर्न थाले।र, अझै पनि कतिपयले तत्कालीन विदेश सचिव जयशङ्करलाई अघोषित नाकाबन्दीका ‘योजनाकारमध्येका एक’ मान्ने गरेका छन्।दोस्रो पाँच वर्षे कार्यकालका लागि बिहीवार साँझ सङ्घीय राजधानी नयाँ दिल्लीमा शपथ लिएपछि आफ्नो मन्त्रिमण्डलका सदस्यलाई शपथ दिलाउने क्रममा मोदीले जयशङ्करलाई पनि शपथ दिलाए।
हाम्रा प्रम ओली भारतीय प्रम मोदीलाई दिल्लीमा वधाइ दिंदै!नेपालको संविधान जारी हुने बेला नेपाल आएर चर्चामा रहेका तत्कालीन भारतीय विदेश सचिव एस् जयशंकर अहिले मन्त्री बनेकाले २ देश वीचको सम्बन्ध आगामी दिनमा कस्तो बन्ला स्वाभाविक जिज्ञासाको विषय बनेको छ!दुवै पक्षले पाठ सिकेर अघि बढौं! pic.twitter.com/JakXUWxqwu
— Baburam Bhattarai (@brb1954) May 30, 2019
मोदीको शपथ ग्रहण समारोहमा अतिथिका रूपमा निम्तो पाएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली हाल दिल्लीमै छन्।नयाँ दिल्लीमा जयशङ्करले शपथ ग्रहण गरिरहँदा त्यहाँदेखि करिब साढे ११ सय किलोमिटर टाढा रहेको काठमाण्डूमा पनि त्यसबारे चर्चा हुन थाल्यो। bbc मा समाचार छ