सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

आधा घण्टा जहाज उड्न ढिलो गर्दा मन्त्रीले दिइन् राजीनामा

एजेन्सी -मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लाङ्को ओर्टिज मेनाले विमान उड्न आधा घण्टा ढिला भएको भन्दै पदबाट राजीनामा दिएकी छन् ।

उनले आफ्ना कारणले उडानमा ढिलाइ भएपछि राजीनामा दिएकी हुन् । आफू सवार जहाजका कारण अन्य जहाजको उडान ढिलो भएकाले राजीनामा दिएको बताएकी छन् ।शनिबार उनी सवार जहाजका कारण अन्य जहाजको उडान ढिलो हुँदा चर्को आलोचना भएको थियो । सरकारी कामका लागि विमानबाट अन्यत्र जाने क्रममा यस्तो हुन पुगेपछि मेनाले त्यहाका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरसमक्ष राजीनामा दिएकी हुन् ।

‘सरकारको कामको शिलशिलामा जाने क्रममा मेरो कारण अन्य व्यवसायिक जहाजको उडान प्रभावित भएकाले पदबाट राजीनामा दिएकी छु’, माइक्रो ब्लगिङ साइट ट्विटरमा उनले भनेकी छन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय