सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

कोरियामा दलितमाथि विभेदपूर्ण अभिव्यक्ति दिने बिरुद्द कारबाहीको माग सहित प्रेस बिज्ञप्ति

सौल दक्षिण कोरिया ,
दक्षिण कोरियामा बस्ने एक नेपाली द्वारा एउटा जमघटमा सिंगो दलित समुदायलाई नै अपमान हुने गरि दिएको एउटा अभिव्यक्ति सामाजिक संजालमा भाइरल भएको छ । एउटा हलमा अगाडी बियरका बोतलहरु पिउदै गरेको अबस्थामा नेपाली राष्ट्रिय पोशाकको रुपमा प्रयोग हुने ढाकाको टोपी लगाएका एक व्यक्तिले खिचेको भिडियोमा पछाडिबाट एक व्यक्तिले उठेर तपाइले टोपी लगाएको त कामी जस्तो देखियो भनेर २/३ पटक सम्म भनेका छन् ।त्यसमा पनि पछाडी रहेका केहि व्यक्तिहरुले दमै कामि लाइ सुहाउने र नसुहाउने भनेर थप अपमानजनक अभिव्यक्ति दिएका छन । झट्ट हेर्दा कोरियाका विभिन्न संघ सस्थामा आबद्द रहेका समाजसेवीको नामले चर्चित अनुहारहरु पनि देख्न सकिन्छ ।
बिकसित मुलुकमा बस्ने त्यसैमाथि समाज परिवर्तनका लागी समाजसेवी जस्तो छवी बनाएर पनि एउटै समाजमा बस्ने एउटा वर्गप्रती नै अत्यन्त्यै अपमानजनक , विभेदपूर्ण अभिब्यक्ती दिनु भनेको अन्य ब्यक्ती हरुको सोच के कस्तो हुने हो भनेर सोच्न बाध्य बनाएको छ ।
यसै भिडियोलाई लिएर मानव अधिकारकर्मी सरु सुनारले सरकार समक्ष न्यायको लागी अपिल गर्नुका साथै देश तथा बिदेशमा बस्ने लक्षित समुदाय लगायत समाज परिवर्तन हेर्न चाहाना राख्नेहरुले ब्यापक बिरोध जनाएका छन् ।
हेर्नुहोस भिडियो यस्तो छ

यसैको बिरोधमा सशक्त दलित एकता समाज दक्षिण कोरियाले बिज्ञप्ति निकाल्दै एन आर एन दक्षिण कोरिया र एन सी सी दक्षिण कोरियालाइ ध्यानाकर्षण गराएको छ ।
सशक्त दलित एकता समाज दक्षिण कोरियाले निकालेको प्रेस बिज्ञप्तिमा भनिएको छ “कसैले कामी जस्तो देखियो त कहिले दमै कामी लाई सुहाउने नसुहाउने भन्दै अति तुच्छ, असहिष्णु र सामाजिक सद्भाव बिपरित एवं दलित समुदायको आत्मसम्मानमा आघात पुग्नेगरी प्रहार गरिएको भिडीयो जुन अहिले सामाजिक संजालमा भाईरल भैरहेको छ , उक्त शब्दप्रति सशक्त दलित एकता समाज दक्षिण कोरियाको गम्भीर ध्यानाकर्षण भएको भनेको छ ”

उक्त प्रेस बिज्ञप्तिमा ” सामाजिक हकहित र न्यायका लागी गठित सस्थाका जिम्मेवार व्यक्तिहरु द्वारा अरु कुनै समुदायको मान मर्यादा एवं मानविय मूल्य मान्यता र प्रचलित कानुनत : कुराहरुलाई ख्यालै नगरी अपहेलित तिरस्कृत र मानव बिरोधि शब्दहरुले प्रहार गर्दै सिंगो समुदायको मान सम्मानमा आधात पुर्याईएको छ । जुन कुरा नेपालको संबिधान अनुसार सामाजिक अपराध हो भने कानुनत : दण्डनीय छ ।यस्तो शब्दहरुको घोर बिरोध र निन्दा गर्दै निजहरुलाई कसुर अनुसार सजायको भागीदार बनाउन नेपाली दुतावास नेपाल सम्पर्क समिति( एन सी सी) एन आर एन ए दक्षिण कोरिया समक्ष ध्यानाकर्षण गराएको छ ।
हेर्नुहोस बिज्ञप्ति जस्ताको तस्तै

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय