सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

को हुन् एस जयशङ्कर? जो कर्मचारी बाट विदेश मन्त्री बने

एस जयशङ्करले आफ्ना बुवा सुब्रमण्यमबाट विरासतमा कूटनीतिक दक्षता पाएका हुन्।उनको नाम भारतका प्रमुख रणनीतिक विश्लेषकहरूको पङ्क्तिमा आउँछ।मोदीको नयाँ मन्त्रिमण्डलमा जयशङ्करले विदेशमन्त्रीको जिम्मेवारी पाएका छन्।मोदी नेतृत्वको सरकारले सन् २०१५ मा तत्कालीन विदेश सचिव सुजाता सिंहलाई हटाएर जयशङ्करलाई नियुक्त गरेको थियो।जयशङ्करले राजनीतिशास्त्रमा एमफिल गरेका छन् भने जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन्। परमाणु कूटनीतिमा उनको विशेषज्ञता छ।

विदेश सेवामा सन् १९७७ को ब्याचका जयशङ्करको पहिलो नियुक्ति रुसस्थित भारतीय दूतावासमा रह्यो।विदेश मन्त्रालयको उपसचिव पद सम्हाल्नुका साथै उनी संयुक्त राज्य अमेरिकाका लागि भारतीय दूतावासका प्रथम सचिव पनि रहिसकेका छन्।त्यसपछि उनले जापान र चेक गणतन्त्रमा भारतीय राजदूत पद सम्हाले। उनी चीनका लागि पनि भारतीय राजदूत रहिसकेका छन्।चीनसँग सम्वादमार्फत् डोकलाम गतिरोध अन्त्य गराउनमा जयशङ्करको ठूलो भूमिका रहेको बताइन्छ।भारत-अमेरिका गैरसैनिक परमाणु सम्झौता बारेको वार्तामा पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। यसै वर्ष उनी पद्‌मश्री सम्मानबाट पनि सम्मानित भए।

मोदीसँग नजिक

मोदी नेतृत्वको मन्त्रिपरिषद्‌मा जयशङ्कर एक मात्र गैरराजनीतिक व्यक्ति हुन्।बाहिरका मान्छेहरूले सरकारमा जयशङ्करको प्रवेशलाई आश्चर्यका रूपमा लिए पनि उनी मोदीका नजिकका पूर्वप्रशासक हुन्।त्यसको पुष्टि यो कुराबाट पनि हुन्छ कि विदेश सचिवका रूपमा सन् २०१७ मै उनको कार्यकाल सकिने भए पनि त्यसलाई सन् २०१८ सम्म बढाइयो।

सन् २०१८ सम्ममा लगभग प्रत्येक विदेश भ्रमणमा उनी मोदीको भ्रमण दलमा हुन्थे।सन् २०१८ मा अवकाश पाएपछि एस जयशङ्करले टाटा समूहको विश्व कर्पोरेट मामिलाका अध्यक्षका रूपमा पनि काम गरेका छन्।bbc बाट साभार

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय