सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

गान्धीव सुबेदीको अभिनयमा रहेको हिन्दि गजल गीत “बहुत देर” सार्वजनिक (भिडीयो सहित )

सौल दक्षिण कोरिया ,
दक्षिण कोरियालाई कर्मथलो बनाएर पनि नेपाली गीत संगीतको क्षेत्रमा लगातार लागिरहेका गान्धीव सुबेदीको फेरी अर्को नयाँ म्युजिक भिडीयो सार्वजनिक भएको छ । अहिले उनले अभिनय गरेको म्युजिक भिडीयो भने नेपाली गीतको नभएर हिन्दि गजल गीतको रहेको छ ।
किरण प्रकाश विसीले शब्द सिर्जना गरेको यस गजल गीतमा चर्चित गायक स्वरुपराज आचार्यले सुमधुर स्वर दिएका छन भने संगीत डी.आर.अटुको रहेको छ । अभिनयमा सम्पदा बानियाँले गान्धीव सुबेधीलाई साथ् दिएकि छन्
विष्णु अधिकारीको एरेन्ज रहेको यस गजल गीतमा जिवन श्रेष्ठले छायाँकन गर्नुका साथै , अर्जुन पोखरेलको सम्पादन तथा जिवन शाहीको निर्देशन रहेको छ ।

गान्धिभ कोरीयाको ब्यस्त समयको बाबजुत पनि बचेको समयलाई आफुमा रहेको गित तथा संगितप्रतीको भोक मेटाउदै आएका उनले २ दर्जन भन्दा बढ़ी कोरीयन तथा नेपाली पप,आधुनिक,लोक दोहोरी जस्ता विभिन्न विधाका गितहरुमा अभिनय गर्ने क्रम मा हाल स्वरुपराज आचार्यको स्वर रहेको मर्मस्पर्शी गित “बहुत देर…” मा आफ्नो उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन।
पुरा भिडियो हेर्नुहोस।

https://www.youtube.com/watch?v=XEbK4vpUupU

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय