सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट ३०० भित्र समाविष्ट

काठमाडौं – त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट विश्वविद्यालयको २५१ देखि ३०० भित्र परेको छ। बेलायतमा मुख्यालय रहेको टाइम्स हायर एजुकेसनले गरेको र्‍याङकिङमा त्रिभुवन विश्वविद्यालय २५१ देखि ३००औँ स्थानमा परेको हो।
एसिया क्षेत्रको करिब ४८ मुलुकका चर्चित करिब तीन हजार भन्दा बढी विश्वविद्यालय छनोट गर्दा त्रिवि उत्कृष्ट ३०० भन्दा कम स्थानमा पुग्न सफल भएको छ। सो संस्थाले विश्वविद्यालय छनौट गर्न विभिन्न क्षेत्र तय गरेको थियो। र्‍याङकिङमा सहभागि हुन विश्वविद्यालयले सोही अनुसार विवरण पेश गरेको थियो
सो संस्थाले गत वर्ष सन् २०१९का लागि विश्वभरका विश्वविद्यालयकालागि सार्वजनिक गरेको र्‍याकिङमा त्रिवि एक हजार भन्दामुनि परेको थियो। गत वर्ष गरेको निर्णय अनुसार त्रिवि ८०१ देखि एक हजारभित्र परेको जनाएको थियो। थाहा खबर मा समचार छ l

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय