सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

दुई पाङ्ग्रे सवारी चालकसँगै पछि बस्नेले पनि हेलमेट लगाउन अनिवार्य गरिदै

काठमाडौं – मोटरसाइकल र स्कुटर चालकले हेलमेट लाउँछन्, नौलो कुरै भएन । चालकसँगै बस्नेले लगाएको देखियो भने चाहिँ नौलो देखिने । अब दुई पाङ्ग्रे सवारी चालकसँगै पछि बस्नेले पनि हेलमेट लगाउन अनिवार्य गरिदैछ ।यो व्यवस्था अनिवार्य गर्न महानगरिय ट्राफिक प्रहरी महाशाखा खुब दौडधुपमा जुट्या छ ।

दुर्घटना न्यूनिकरणका लागि नयाँ सवारी ऐनमा यस्तो प्रावधान थप्न लागिएको महाशाखाले प्रष्ट्याएको छ । कुरो ठिकै हो, दुर्घटनामा त चालक मात्रै घाइते हुने कुरो हुँदैन, यमराजले चालकलाई मात्रै रोज्दैनन् । उनको रोजाईमा पछाडीका झनै धेरै प्राथमिकतामा परेका पर्ने गरेका तथ्यांक कति छन् कति ।

काठमाडौं खाल्डो र आसपासको दुई पाङ्ग्रे यात्रामा पछाडीका यात्रुले मास्क, सल, रुमाल जस्ता सुरक्षा कवज लगाएको देखिन्छ । धुवा, धुलोको बम्पर उपहार छेलोखेलो भएसी सुरक्षा कवज अनिवार्य भएको छ । हेल्मेटले धेरथोर राहत पक्कै दिन्छ । हेलमेटको अच्छा राहत र सुरक्षा भने बेग्लै छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय