सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

प्रधानमन्त्री ओली दिल्लीमा, विदेश सचिवले गरे स्वागत

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ समारोहमा सहभागी हुन बिहीबार दिउँसो दिल्ली प्रस्थान गरेका थिए। ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश सचिव विजय गोखले र भारतमा रहेको नेपाली राजदूतावासका कर्मचारीले स्वागत गरेका थिए।

भारतमा भर्खरै सम्पन्न लोकसभा निर्वाचनमा अत्यधिक बहुमतसहित प्रधानमन्त्री मोदीले साँझ ७ बजे राष्ट्रपति भवनमा सपथ लिँदैछन्। मोदीको सपथमा सहभागी हुन श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, म्यानमारका राष्ट्रपति, थाइल्याण्डका मन्त्री, भुटानका प्रधानमन्त्री लोटे टिसिरिङ, मरिससका प्रधानमन्त्री, बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नयाँदिल्ली आइपुगेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।माेदीले सपथ समाराेहमा बिमस्टेक सदस्य राष्ट्रका प्रमुख बाेलाएका छन्। 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय