सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

सगरमाथाको उचाइ नाप्न खटिएको नापी विभागको टोली सगरमाथा शिखरमा पुग्यो

काठमाडौं- सगरमाथाको उचाइ नाप्न खटिएको नापी विभागको टोली आज सगरमाथा शिखरमा पुगेको छ।विभागका उपसचिव खिमलाल गौतम नेतृत्वको टोली बिहान ३ बजेर १५ मिनेट जाँदा सगरमाथा शिखरमा पुगेको आरोहण व्यवस्थापनको जिम्मा लिएको पिक प्रमोशन प्रालिका निर्देशक आङबाबु शेर्पाले जानकारी दिए। गौतमसँगै रविन कार्की, छिरिङजाङबु शेर्पा लगायत पनि शिखरमा पुगेका छन्।चुचुरोबाट फर्केर उनीहरु साउथकोल आइसकेका शेर्पाले बताए। शेर्पाकाअनुसार बिहीबारसम्ममा उनीहरु  फर्किनेछन्।

२७ चैतमा सगरमाथाको उचाइ नाप्न टोली त्यसतर्फ प्रस्थान गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले टोलीलाई विदाई गरेका थिए।टोलीमा नापी अधिकृत खिमलाल गौतमको नेतृत्वको टोलीमा नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिँह भण्डारी र अमिन युवराज धिताल लगायत छन्।

टोलीका दुई सदस्य सुरजसिंह भण्डारी र युवराज धितालले भने आधारशिविरमा बसेर काम गरिरहेका छन्।शिखरतर्फ जानुअघि टिम लिडर गौतमले कम्तिमा आधाघण्टा शिखरमै काम गर्नुपर्ने भएकोले राति नै शिखरमा पुग्नुपर्ने चुनौती रहेको बताएका थिए। टोलीले शिखरमा जिपिएस सेट गरेको छ।समाचार पत्रमा समाचार छ l

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय