सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

जनसम्पर्क समिति दक्षिण कोरियाले जनजागरण अभियान चलाउदै ,

सौल, दक्षिण कोरिया
नेपाली काँग्रेसको अन्तर्रा्ष्ट्रिय भातृसंगठन जनसम्पर्क समिति दक्षिण कोरियाले जनजागरण अभियान गर्ने भएको छ । यतिबेला नेपाली काँग्रेसले देशभरी जनजागरण अभियानमा चलाएको अबस्थामा कोरियामा पनि जनसम्पर्क समिति दक्षिण कोरियाले जनजागरण अभियान लाई ब्यापक रुपमा संचालन गर्न लागेको हो ।

कोरियामा जनजागरण अभियान चलाएको खण्डमा अन्तर्रा्ष्ट्रिय भातृसंगठनमा पहिलो पटक हुनेछ । यसको सुरुवात नेपाली काँग्रेसको अन्तर्रा्ष्ट्रिय भातृसंगठन जनसम्पर्क समिति दक्षिण कोरियाले गर्ने भएको छ। अन्तर्रा्ष्ट्रिय भातृ संगठनहरुमा क्रियाशील गतिविधि गर्दै आएको जनसम्पर्क समिति दक्षिण काेरियाले नेपालीेहरु समक्ष उक्त अभियान गर्न लागेको हो ।

रोजगारिको सिलसिलामा दक्षिण कोरियामा रहेका नेपाली समक्ष फुर्सदको समय निकालेर विभिन्न शहरहरुमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमहरु गर्ने थालेको सभापति आस्था बिन्दु मल्लले जानकारी दिएकि हुन् । दक्षिण कोरियामा रहेका जनसम्पर्क समितिका आठ वटै क्षेत्रहरूमा रहेका क्षेत्रिय समितिहरुलाई लक्षित गरि अभियान चलाउन थालिएको पनि मल्ले बताईन ।अभियानको लागि लेखासमिति सभापति ,पुर्व मन्त्री संघिय सांसद नेपाली काँग्रेसका नेता राजन के सि कोरीया आउने आयोजकले जनाएको छ ।
जुन २ तारिख आईतबार राजधानी सौल स्थित नेपाल हाउस बाट सुरू हुने अभियान जनसम्पर्क समिति कोरियाका ८ वटै क्षेत्रमा जागरण अभियान हुने जनसम्पर्क समिति दक्षिण कोरियाका कार्यवाहक महामन्त्री मित्रबन्धु काफ्लेले बताए ।
करिव ५० हजार नेपालीहरू रहेको दक्षिण कोरियामा यो अभियानले पाटिलाई केहि जागरण पैदा हुने अपेक्षा जनसम्पर्क समितिले लिएको छ । साथै पाएक पर्ने स्थानको जागरण अभियान मा सहभागी हुन पनि कोरियाबासी नेपालीहरु समक्ष आयोजकले अनुरोध गरेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय