सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

दलित माथि अपशब्द बोलिएको भिडियोमा देखिएकै भरमा यीनिहरुले सामाजिक संजाल मार्फत माफी मागे, तर अपशब्द बोल्नेले मागेनन माफी ।।

सौल दक्षिण कोरिया ,
दक्षिण कोरियामा केहि दिन अगाडीदेखि सामाजिक संजालमा एउटा समुदायलाई लक्षित गरि अत्यन्तै अपमानजनक तवरले खिल्ली उडाएको भिडियोलाई लिएर दलित एकता संजाल लगाएत कोरियामा कार्यरत विभिन्न व्यक्तिहरुले बिरोध जनाएपछि उक्त भिडीयो फुटेजमा आफ्नो अनुहार मात्रै देखिएको तर कुनै शब्दहरु नबोलेको भए पनि उनीहरुले सामाजिक संजाल मार्फत माफी मागेका छन् । माफी माग्नेहरुमा लोचन चामलिंग राई र ध्यान राइ रहेका छन् उनीहरुले कुनै अपशब्द नबोलेको तर भिडियोमा देखिएको भरमै दलित समुदाय प्रति पर्न गएको असर प्रति क्षमा मागेका हुन् ।

तर पनि भिडियोमा सेतो टिसर्ट लगाएर उठेर अत्यन्त्यै अमर्यादित तवरले ध्यान राई लाई ढाका टोपी लगाउदा कामी जस्तो देखियो भन्दै एउटा जाती माथि अपमान जनक शब्दावली प्रयोग गरेका थिय ।
उक्त भिडियोमा अगाडीपट्टी देखिएका लोचन राइ र ध्यान राइले आफ्नो फेसबुक मार्फत माफी मागिसकेका छन् ।
लोचन राईले आफ्नो फेसबुकमा माफी माग्दै यस्तो लेख्छन
“म र हामि एक आपसमा भेटघाट रमाईलो सोचो ठट्टा गर्ने गर्दा बोल्दा कति कुरा सामाजिक रूपमा या अरू मित्र या साथिहरू असर पर्ने कुराहरू पनि गरिदो रहेछ यसो हैनहैयो गर्नुहुदैन है बोल्नु हुदैनहै भन्दा भन्दै पनि कति ग़लत हुन सक्दो रहेछ। तसर्त त्यस्ता कुनै गल्ति भएको खण्डमा म यहाहरूलाई असर परेको भए माफि माग्नु चाहान्छु।”


माफी माग्ने अर्का व्यक्ति हुन् ध्यान राई ध्यान राईले आफ्नो फेसबुक मार्फत माफी माग्दै यस्तो लेख्छन
“हिजो दुर्घटना बस अपलोड हुन गएको भिडीयो फुटेज प्रती सरोकारवाला प्रती यसै सन्जाल मार्फत माफी चाहन्छु। यस फुटेज मा भएको घटना नियोजित तथा नियत बस नभै नितान्त दुर्घटना बस हुन गएको ब्यहोरा यहाँहरूलाई जानकारी गराउदछु ।साथै यसरी बेपर्बाह ठट्टाको रूपमा बोलेको कुराहरू दुघर्टनाबस सामाजिक सञ्जालमा अपलोड हुन गई कुनै जातजातिहरूको आत्मसम्मान पर्न गएको आघात प्रति गरियो दुख ब्यक्त गर्दछु । साथै यस्तो बिषयहरुलाई जे जसरी हुन गएको हो अतिरञ्जित गराई सामाजिक सदभाब खल्बलाउने कार्य पनि कही कसैबाट नगरि दिनु होला भन्ने पनि अनुरोध गर्दछु । म यहा दलित वा साना जाती भन्ने शब्द नै प्रयोग गरन चाहन्न किन कि मेरो बुझाईमा साना तथा दलित जात भन्ने नै छैन त्यसै ले यसरी विभेदकारी शब्द प्रयोग नगरि जात बिशेषलाई ईङ्गित गरि ब्यक्त भएको अभिब्यक्ती यसै सञ्जाल मार्फत फिर्ता लिएको घोषणा गर्दछु ।
फेरी पनि हृदय देखी नै आत्मालोचना सहित क्षमा चाहन्छु धन्यबाद”

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय