सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

फेसबुक मार्फत बनेकाे साथीले बन्धक बनाएर लगातार छ दिनसम्म बलात्कार गरे…

काठमाडौं । फेसबुक मार्फत साथी बनेर जनकपुरका एक युवकले ललितपुरकी एक किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको रहस्य खुलेको छ ।जनकपुरधाम उपमहानगरपालिका वडा नं २ शिवचोक बस्ने अन्दाजी बर्ष २५ का उत्सव गुप्ताले ललितपुर जिल्ला सातदोबाटो बस्ने एक १५ बर्षिय किशोरीलाई ६ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको रहस्य बाहिरिएको हो । फेसबुक मार्फत नै उनीहरु सम्पर्कमा आएका थिएभने उत्सवले ती किशोरीलाई विभिन्न प्रलोभन दिएर आफ्नो बसमा ल्याएका थिए ।

फेसबुक मार्फत नै उनीहरुबीच सम्पर्क भएपछि केही दिन अगाडी ती किशोरीलाई उत्सवले भेट्न बोलाएका थिए । भेटन आएपछि उनलाई आफ्नो मोटरसाईकलमा राखेर अपहरण गरी गुप्ताले आफ्नो कोठामा लगेर ६ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको महानगरीय प्रहरी वृत सातदोबाटो ललितपुरले जनाएको छ ।किशोरी बेपत्ता भएपछि प्रहरीले खोजविन सुरु गरेका थिए । गुप्ताले प्रहरी खोज्न थालेको खबर पाएपछि युवतीलाई महालक्ष्मी स्थानमा लगेर छाडेपछि फारर रहेका छन् । गुप्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय