सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

‘पञ्चायतका राजाभन्दा ओली तल्लो स्तरमा झरेर निरंकुशता लाद्न खोजिरहेका छन्ः देउवा

बुटवल– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले जनताका अधिकार माथि चौतर्फी हस्तक्षेप गरी प्रजातन्त्रमाथि नै हमला गर्न खोजेको बताएका छन्। नेपाली काँग्रेस रुपन्देहीको जिल्ला सम्मेलनलाई शनिबार मधवलीयामा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले न्यायालय, स्वतन्त्र प्रेस र मानवअधिकारमाथि ओली सरकारले पञ्चायतमा भन्दा बढी नियन्त्रण गर्न खोजेको आरोप लगाएका हुन्।

स्वतन्त्र प्रेस माथिको हमला प्रजातन्त्रमाथिको हमला भएको उल्लेख गर्दै काँग्रेस सभापति देउवाले प्रेसलाइ कमजोर बनाउन ल्याइएको मिडिया काउन्सिल बिधेयक कुनै हालतमा पास हुन नदिने बताए। ‘वाक तथा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताका लागि हामी २००७ सालदेखिको लडेका छौं। त्यसलाई खोस्न काँग्रेसले कदापी दिँदैन’, सभापति देउवाले भने।सरकारले न्यायपालिका र मानव अधिकार आयोगमाथि समेत हस्तक्षेप गरी लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउन खोजेको आरोप पनि लगाए। ‘जुन देशमा न्यायालय, मानवअधिकार र प्रेस जगत स्वतन्त्र रहन पाउँदैन, त्यहाँ न प्रजातन्त्र रहन्छ न त्यो देशका नागरिक अधिकार सम्पन्न हुन्छन’, सभापति देउवाले भने। मानवअधिकार आयोगलाई नै सरकार अधिनस्थ राख्न खोजिएको भन्दै उनले सरकारका गलत कदमलाई सफल हुन नदिने बताए। ‘पञ्चायतका राजा भन्दा ओली तल्लो स्तरमा झरेर निरंकुशता लाद्न खोजिरहेका छन्। कम्युनिस्ट सर्बसत्तावादबिरुद्ध निर्णायक आन्दोलन गर्नुपर्ने हुन सक्छ, तयार रहनुस’, सभापति देउवाले कार्यकर्तालाई भने।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय